search

spot_img
spot_img

कलैया उपमहानगरपालिकाको बजेट भाषणमा विवाद, असन्तुष्टिका बीच एक अर्ब ५९ करोडको बजेट आउँदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ असार । कलैया उपमहानगरपालिकाले आगामी आव २०८०/८१ को लागि एक अर्ब ५४ करोड ३८ लाख ६६ हजारको बजेट पारित गरेको छ ।
कलैया–३१ करणराज होटलको सभाहलमा आयोजित ११ औं नगरसभामा कलैयाकी उपप्रमुख रौशन परवीनको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बजेट प्रस्तुत गरेका थिए ।
उपमनपाले चालूतर्फ ९१ करोड ९८ लाख र पूँजीगततर्फ ६२ करोड ४० लाख ६६ हजार गरी एक अर्ब ५४ करोड ३८ लाख ६६ हजारको बजेट पारित गराएको छ । चालूतर्फ साधारण खर्च ३४ करोड २९ लाख, सशर्त अनुदान ५३ करोड २६ लाख, वडा कार्यालय सञ्चालन खर्च ९३ लाख, सावाँ ब्याज भुक्तानी ५० लाख, दायित्व भुक्तानी तीन करोड गरी ९१ करोड ९८ हजार बजेट विनियोजन गरेको छ भने पूँजीगततर्फ कार्यालय पूँजीगत १० करोड ५६ लाख, नगरस्तरीय योजना छ करोड ७० लाख, सशर्त अनुदान पूँजीगत ३६ लाख, वडास्तरीय योजना २१ करोड ६० लाख, प्रदेशस्तरीय योजना एक करोड २५ लाख, दायित्व भुक्तानी १७ करोड ८९ लाख ६६ हजार, सङ्घ सरकार विशेष र समपूरक चार करोड चार लाख गरी ६२ करोड ४० लाख ६६ हजार बजेट विनियोजन भएको हो ।
पार्टी प्यालेसभित्र नगरसभा चलिरहेको थियो भने बाहिर नगर सदस्यहरूबीच रस्साकस्सी भएको थियो । वडाहरूमा विकास बजेटको भागवण्डाको विषयमा वडासदस्य र वडाध्यक्षहरूबीच कुरा नमिल्दा केही नगर परिषद् सदस्यले नगरसभा बहिष्कार गरेका थिए ।
नगरसभाभन्दा पाँच दिन अगाडि बजेटको कार्यविधि माग गरिएको तर सो नगरप्रमुख उपलब्ध नगराउँदा आफूहरूले नगरसभामा विरोध जनाउं
दै बहिष्कार गरेको बताएका छन् ।
बहिष्कार गरी प्रदर्शन गरिरहेका केही जनप्रतिनिधिबीच हात हालाहाल र कुटाकुटसमेत भएको थियो ।
नगरप्रमुख विनोद साहले बन्दसत्रमा सदस्यहरूले आफ्नो धारणा राख्नुपर्नेमा नगरसभाबाहिर गरिएको हर्कतप्रति दुःख व्यक्त गरे । उनले सबैजसो गुनासोहरूको बारेमा नगरसभाको बन्दसत्रमा छलफल हुने र चित्त नबुझेको विषयलाई संशोधन पनि गर्न सकिने कानूनी प्रावधान हुँदाहुँदै सो विपरीत उदघाटनसत्र बिथोल्ने गरी सभाहलबाहिर भएका हर्कतहरूको आलोचना गरे ।
 
 
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads