search

spot_img
spot_img

प्रसौनी गापाको अगामि वर्षको बजेट रु ४५ करोड

पढ्न छुटाउनुभयो ?

वीरगंज बाराको प्रसौनी गाउँपालिकाले अगामि आव २०८०–०८१ को लागि रु. ४५ करोड ४५ लाखको बजेट ल्याएको छ । प्रसौनी गापाको सभाहलमा आयोजित १३ औं नगरसभामा गाउँपालिकाकी उपाध्यक्ष किरण देवीले ४५ करोड ४५ लाख ७५ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।
गापाले अगामि आवको लागि संघ सरकारबाट समानीकरण अनुदान ९ करोड ९६ लाख,सशर्त अनुदान १३ करोड २४ लाख,विशेष अनुदान २ करोड ७० लाख,सम्पुरक अनुदान ६० लाख,राजस्व वाडफाड ६ करोड ८६ लाख ६३ हजार प्राप्त भएको छ भने संघ सरकारबाट समानीकरणमा रु ८० लाख,सशर्त अनुदान ५० लाख,विशेष अनुदान ३० लाख र सम्पूरक अनुदान २० लाख राजस्व बाडफाड ४० लाख ,आन्तरिक राजस्व(गत आवको मौज्दात समेत) गरी ४ करोड ५ लाख एवं अन्य आय रु ५ करोड ८३ लाख गरी कुल ४५ करोड ४५ लाखको बजेट विनियोजन भई बहुमतले पारित भएको जनाइएको छ ।
गापा अध्यक्ष एवं नगरसभाका अध्यक्ष विनोद जैसवालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाको भौतिक पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,कृषि,सिचाई,खानेपानी,रोजगारी सृजना, दक्षजनशक्ति उत्पादन गर्नेलगयात योजना अन्तर्गत बजेट विनियोजना गरी बजेट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमितकुमार सिंहले बताए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर