search

स्कार्पियोले ठक्करबाट सिमरामा एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ असार । बारा सिमरामा भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट मोटरसाइकलको पछाडि बस्ने व्यक्तिको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
सूर्य नेपालको आवास अगाडी सडक पार गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले स्कोरपियोका चालकलाई नियन्त्रणमा लिएको छ ।
सिमराबाट वीरगंज आउँदै गरेको बिआर ०५ पिए ९६५२ नम्बरको स्कार्पियोले बिहीवार राति ना ५६प ५६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार जीतपुरसिमरा उपमहानगरपालिका–२ मुसहर्नीमाईका करिब ४५ वर्षीय बुद्धिलाल भुर्तेलको मृत्यु भएको हो ।
भुर्तेलको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक बाराकै कोल्हबीका ४० वर्षीय धर्मराज चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको वीरगंजस्थित अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads