search

spot_img
spot_img

परवानीपुर गापाको बजेटः ३५ करोड ७७ लाख,किन भयो वडा सदस्य वीच हात हालाहाल ?

पढ्न छुटाउनुभयो ?

वीरगंज
बारा, परवानीपुर गाउँपालिकाको १२औं गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले चालू आवको प्रगति विवरण, आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरी पारित गरेको छ । सभाले रु ३५ करोड ७७ लाख ४४ हजारको आय विवरणसहित बजेट पारित गराएको जनाएको छ । केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि परवानीपुर गापाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत मुन्नासाह रौनियारले बताए ।
गापा उपाध्यक्ष सुगन्धीदेवी कनुइनले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायत योजनाहरुमा विशेष जोड दिएको बताइएको छ । आगामी बजेटमा सङ्घ सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ६३ लाख, सशर्त अनुदान चालूतर्फ ९ करोड ४५ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगत ७० लाख, सङ्घीय सरकार समपूरक अनुदान ५० लाख, सङ्घीय विशेष अनुदान एक करोड प्राप्त भएको छ भने त्यसैगरी प्रदेश वित्तीय समानीकरण ६७ लाख ९९ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, सङ्घीय राजस्व बाँडफाँड ६ करोड ३१ लाख ४५ हजार, आन्तरिक स्रोत अनुमानित ५ करोड, २०७९÷८० को नगद मौज्दात २ करोडलगायत गरी ३५ करोड ७७ लाख ४४ हजारको अनुमानित बजेट पारित भएको छ । गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेकी बारा–३ की सांसद एवं पूर्वकृषिमन्त्री ज्यालाकुमारी साह, अतिथिहरुमा बारा–४ (१) का प्रदेश सांसद देवनारायण चँैधरी, राप्रपाका मोहन यादव, बहुअरीका अगुवा शिवशङ्कर पटेल, लोसपा नेता जगतनारायण महतो, माओवादी नेता लालबहादुर पटेललगायतले मन्तव्य दिएका थिए ।
परवानीपुर गापाको गाउँसभामा केही जनप्रतिनिधिहरुले रजिष्टरमा उपस्थिति हाजीर गराउने विषयमा विवाद हुँदा हात हालाहाल भएको थियो । एकजना जनप्रतिनिधिले उपस्थितिको हाजीर नगर्न केही सदस्यलाई रोक्न खोज्दा वडा सदस्यहरुबीच तनाव भएको र हात हालाहाल भएको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads