search

spot_img
spot_img

विश्रामपुर गापाको अगामि वर्षको बजेट रु ३३ करोड ९७ लाख

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

 

वीरगंज
बाराको विश्रामपुर गाउँपालिकाको १३ औं गाउँ सभा आज सम्पन्न भएको छ । गापाको सभाहलमा आयाजित गाउँ सभाले आव २०८०–०८१ को लागि रु ३३ करोड ९७ लाख ९० हजारको अनुमानित बजेट पारित गराएको छ । बिनियोजित बजेटमा चालूतर्फ रु १२ करोड २६ लाख २४ हजार, पुजिगततर्फ रु ९ करोड १९ लाख ६६ हजार बिनियोजित गरिएको छ भने सर्शततर्फको चालूतर्फ रु ९ करोड ८९ लाख र सर्शत पुजिगत तर्फ रु ६३ लाख,सघिय र प्रदेश समुरक र विशेष अनुदान २ करोड विनियोजन गरिएको छ ।

गापाको आगमि बजेटले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताइएको छ । अन्य क्षेत्रको बजेटसमेत कटौती गदैै शिक्षामा रु १ करोड २७ लाख बजेट विनियोजन गरिएको छ भने जेष्ठ नागरिक,जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क शिक्षा,कृषि,खानेपानी, सडक, मठमन्दिर,पर्यटकीय क्षेत्र ,बिऊ विजनलगायत क्षेत्रमा बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष जुल्फिकार अलि भुटोले बताए ।
गापा अध्यक्ष जुल्फिकार अलि भुटोको सभा अध्यक्षता एवं पालिकाका नायब सुब्बा देवकुमार मण्डलको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा अगामि आव २०८०–०८१ को नीति तथा कार्यक्रम एवं अनुमानित बजेट गापा उपाध्यक्ष प्रियंका देवीले प्रस्तुत गरेकी थिइन् । गाउँ सभामा गापाका प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछाने ,वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष कुमार पटेल ,२ का वडा अध्यक्ष मनोज कुमार यादव ,वडा नम्बर ३ का वडा अध्यक्ष शिवचन्द्र प्रसाद यादव वडा नम्बर ४ का किशोरी साह तुराहा,वडा नम्बर ५ का अमिरिलाल प्रसाद गुप्तालगायतको सहभागिता थियो । गाउँसभामा वडा नं ४ का वडा अध्यक्ष तुरहाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads