search

साफ च्याम्पियनसिपः जित्नैपर्ने दबाबमा भारतविरुद्ध उत्रँदै नेपाल

पढ्न छुटाउनुभयो ?

काठमाडौं
साफ च्याम्पियनसिपमा नेपाल आज दोस्रो खेलमा भारतविरुद्ध उत्रँदैछ । आज साँझ पौने ८ बजे यी दुई टोली श्री कान्तिरवा स्टेडियममा भिड्दैछन् । समूह ‘ए’बाट सेमिफाइनलमा पुग्नका लागि नेपाललाई जितको दबाब हुनेछ। पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले हारेको थियो । अर्कोतर्फ भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४–० गोलअन्तरले हराएको थियो । दक्षिण एसियाको फुटबलमा सबैभन्दा माथिल्लो वरीयताको भारत साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टोली हो । भारत सन् १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा च्याम्पियन बनेको छ ।

यसपाला पनि साफअघिको भारतको लय लोभलाग्दो छ । अघिल्लो साता चार टोली सहभागी रहेको इन्टरकन्टिनेन्टल कपको च्याम्पियन बनेको भारत पछिल्ला ७ खेलमा अपराजित छ । २०२२ को सेप्टेम्बरमा भियतनामसँग ३–० गोलअन्तरले हार ब्यहोरेयता ७ खेलमा ६ जित र एक बराबरी खेलेको छ । यसक्रममा भारतले म्यानमार, किर्गिस्तान, मंगोलिया, भानुआटू र पाकिस्तानलाई हराउँदा लेबनानसँग एक जित र एक बराबरी खेलेको छ । फिफा वरीयतामा भारत १०१औँ स्थानमा छ, अर्थात नेपाल भन्दा ७३ स्थान अगाडि । त्यस्तै, नेपालले भारतसँग २३ खेल खेल्दा १६ हार २ जित र ५ बराबरी खेलेको छ । अर्कोतर्फ नेपाल फिफा वरीयताको १७४औँ स्थानमा छ । आमन्त्रित टोली कुवेतसँग ३–१ गोलले पराजित भएको नेपाल दक्षिण एसियाली शक्ति भारतसँग प्रतिस्पर्धामा उत्रिन लागेको हो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads