वैदेशिक रोजगारीमा जाँदा के गर्दा दुःख पाइदैन

वीरगंज पर्साबाट खाडी मुलुकलगायत विभिन्न देशमा वैदेशिक रोजगारीमा गई दुःख–कष्ट पाउनेहरुको सङ्ख्या बढ्दैछ । गत आवभन्दा चालू आवमा जिल्ला प्रशासन कार्यालय, पर्साभित्र रहेको आप्रवासी स्रोत केन्द्रमा गुनासो गर्नेहरुको सङ्ख्या बढेकोले दुःख पाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ। सुरक्षित वैदेशिक रोजगारीमा भनेर म्यानपावर कम्पनीले पठाउने तर विदेशमा गइसकेपछि कतिपय युवाहरुको मृत्यु हुने, हराउने, अलपत्र पर्ने, काम […]

नागरिकता वितरणमा भद्रगोल बन्यो जिप्रका पर्सा

राधेश्याम पटेल वीरगंज सरकारले जन्मसिद्ध नागरिकका सन्तानहरुलाई वितरण गरिरहेको प्रकृयामा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । मध्यतराईका जिल्लामा भद्रगोल व्यवस्थाको माध्यमले नागरिकता वितरण भइरहेकाले सेवाग्राहीहरुले सास्ती खेप्न बाध्य भएका छन् । पर्सा र बारका जिल्ला प्रशासन कार्यालयमा बुझ्दा सेवाग्राहीहरुले निकै दुःखकष्ट पाउनुपरेको गुनासो गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय(सिडिओ आफिस) ले बिना पर्याप्त तयारी […]

पर्सामा लागुऔषध बन्यो टाउको दुखाईको विषय,जेलमा ५०५ जना

वीरगंज पर्सा जिल्लाको सदरमुकाम वीरगंज लागुऔषध ओसारपोसारको ट्रान्जिट प्वान्टको रुपमा चिनिन्छ । नेपाल–भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै कारोबारीहरु लागुऔषधको ओसारपसार एवं बिक्री वितरण एक देशबाट अर्को देशमा गर्दै आएका छन् ।वर्षेनी सर्यौ यो अपराधमा फस्छन् पनि । तर समस्या घटनुको सट्टा बढदै गएको पाइन्छ ।अहिले वीरगंजको समाजको लागि यो टाउकोको दुखाई बनेको छ । दैनिक […]

जिप्रका, पर्साबाट आइतवार १२१ जनाले नागरिकता पाए

वीरगंज, ११ असार । जिल्ला प्रशासन कार्यालय, पर्साले आइतवार जन्मसिद्ध नागरिकका १२१ जना सन्तानलाई बंशजको नागरिकता प्रदान गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले आइतवार जन्मसिद्ध नागरिकका १२१ सन्तानले बंशजको नागरिकता प्राप्त गरेको बताए । उनले नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागु भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वंशजको नागरिकता लिने जन्मसिद्ध […]

सीमा क्षेत्र घोडासहनमा प्रहरी र डाँकाबीच भीडन्त, दुईजना डाकाँको मृत्यु

वीरगंज, ११ असार/ नेपाल–भारतको सीमावर्ती क्षेत्र भारतको घोडासहनमा गएराति डाँका र प्रहरीबीच भीषण भिडन्त भएको छ । भीडन्तमा दुईजना डाँको मृत्यु भएको मोतीहारी प्रहरीले जनाएको छ । डाँकाले सो सीमा क्षेत्रमा एक दर्जनभन्दा बढी बम विस्फोट गराउँदा तीनजना प्रहरी घाइते भएका छन् । त्यसपछि डाँकाहरु नेपाल प्रवेश गरेर बेपत्ता भएको मोतीहारी प्रहरीले जनाएको छ । […]

कुटपिटबाट घाइते भएका एकजनाको मृत्यु, एकजना पक्राउ

वीरगंज, ११ असार । कुटपिटबाट गम्भीर घाइते भएका एकजना व्यक्तिको मृत्यु भएपछि पर्सागढीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि पर्सागढी नगरपालिका– ३ निवासी लक्ष्मण तिमल्सिना र रोहित पासवान, इन्द्रबहादुर श्रेष्ठबीच विवाद हुँदा उनीहरुको कुटाइबाट लक्ष्मण गम्भीर घाइते भएका थिए । घाइते लक्ष्मणको वीरगंजमा उपचार भएको र गएराति उनको मृत्यु भएको छिमेकीहरुले बताएका छन् […]

वीरगंजका आधा दर्जन इन्टरनेट कम्पनीलाई जरिवाना

वीरगंज, ११ असार/वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाई गरेको छ । पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाई गरेको हो । महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर […]