search

कुटपिटबाट घाइते भएका एकजनाको मृत्यु, एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ असार । कुटपिटबाट गम्भीर घाइते भएका एकजना व्यक्तिको मृत्यु भएपछि पर्सागढीबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि पर्सागढी नगरपालिका– ३ निवासी लक्ष्मण तिमल्सिना र रोहित पासवान, इन्द्रबहादुर श्रेष्ठबीच विवाद हुँदा उनीहरुको कुटाइबाट लक्ष्मण गम्भीर घाइते भएका थिए । घाइते लक्ष्मणको वीरगंजमा उपचार भएको र गएराति उनको मृत्यु भएको छिमेकीहरुले बताएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रोहित पासवानलाई आज पक्राउ गरेको छ भने श्रेष्ठको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी दीपक गिरीले बताएका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads