search

spot_img
spot_img

वैदेशिक रोजगारीमा जाँदा के गर्दा दुःख पाइदैन

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साबाट खाडी मुलुकलगायत विभिन्न देशमा वैदेशिक रोजगारीमा गई दुःख–कष्ट पाउनेहरुको सङ्ख्या बढ्दैछ । गत आवभन्दा चालू आवमा जिल्ला प्रशासन कार्यालय, पर्साभित्र रहेको आप्रवासी स्रोत केन्द्रमा गुनासो गर्नेहरुको सङ्ख्या बढेकोले दुःख पाउनेहरुको सङ्ख्या पनि बढ्दै गएको छ। सुरक्षित वैदेशिक रोजगारीमा भनेर म्यानपावर कम्पनीले पठाउने तर विदेशमा गइसकेपछि कतिपय युवाहरुको मृत्यु हुने, हराउने, अलपत्र पर्ने, काम नपाउने भनेको सेवा सुविधा नपाउनेलगायत समस्याबाट सयौं घरपरिवार पीडित भएको बुझिएको छ । चालू आवको असार ११ गतेसम्म पर्सामा १२८ वटा उजूरी परेकोमा २८ वटा उजूरी छानबिन भइसकेको, दुईवटा खारेज गरिएको र ९८ वटा उजूरीमाथि सुनवाइ भइरहेको बताइएको छ ।
आप्रवासी स्रोत केन्द्र सञ्चालन गर्ने दिव्य विकास स्रोत केन्द्र (डिडिआरसी) की परामर्शदाता देउता रिजालका अनुसार पर्सा जिल्लामा २०७८ वैशाख ८ गतेदेखि आप्रवासी स्रोत केन्द्र स्थापना भई सेवा दिइरहेकोमा हालसम्म दुई वर्षमा परामर्श लिन आउनेहरुको सङ्ख्या नौं हजार ३४७ रहेकोमा गत आव २०७८÷७९ मा जम्मा ६७ वटा उजूरी परेको थियो । तर चालू आव २०७९÷८० मा १२८ वटा उजूरी पर्दा वैदेशिक रोजगारमा जाने नेपाली युवाहरुको दुःख भोग्नेहरुको सङ्ख्या बढेको पुष्टि हुन्छ भनी उनले बताइन् ।
गत आवको ६७ वटा उजूरीमा ५४ वटा छानबिन भएको र १३ वटामाथि चालू आवमा उजूरी सरेर आएको उनले बताइन् । वैदेशिक रोजगारमा जाने युवाहरुले कानूनी व्यवस्थाको बारेमा जानकारी लिएर मात्र एजेन्टहरुसँग कारोबार गर्न उनले आग्रह गर्दै भनिन्, “कतिपयलाई कुन–कुन कागज चाहियो, विदेशमा जाने कम्पनीको बारेमा भिसा लागेको, श्रम स्वीकृति भएको छ कि छैन, बीमा भएको छ कि छैन, विदेशी कम्पनीको डिमान्ड आएको छ कि छैन लगायत कुराहरु जानकारी प्राप्त गरेर मात्र जानुपर्ने हो,तर विदेश जाने लहलहैमा कतिपयले नगद कारोबार गरेर एजेन्टबाट ठगिएको गुनासो आउँछ, त्यसमा सावधान हुनुपर्छ ।”
उनले जबसम्म कानूनी र अनलाइन विधिबाट वैदेशिक रोजगारीमा जाने कम्पनीको बारेमा अवगत नभई नजान सुझाव दिइन्। साथै कुनै समस्या भयो भने जिल्ला प्रशासन कार्यालयमा रहेका आप्रवासी स्रोत केन्द्रमा उजूरी दिन पनि अपील गरिन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्रीको सक्रियतामा पर्साको सय स्थानमा डिप बोरिङ

वीरगंज, १५ असार / गर्मी र पानीको हाहाकार भइरहेको पर्साको विभिन्न ठाउमा करिब सय स्थानमा डिप बोरिङ गरिएको छ ।...

सम्बन्धित खबर

- Advertisement -neelambads