search

spot_img
spot_img

बारा प्रहरीद्वारा भारतीय ट्रकबाट २६२ किलो गाँजा बरामद, चालक फरार

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ असार/ बारा प्रहरीले अवैध प्रतिबन्धित लागू औषध गाँजा ठूलो परिमाणमा बरामद गरेको छ ।
गएराती ९ बजे जितपुरसिमरा उपमहानगर–७ जितपुर बजार नजिकबाट रोकि राखेको अवस्थामा बिआर २५ जिए १४५८ नम्बरको भारतीय ट्रकबाट २६२ किलो गाजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमरा, प्रहरी चौकी पथलैयाको संयुक्त टोलीको कमान्डमा गाँजा बरामद गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाए ।
मकवानपुरबाट गाँजा लिएर वीरगंज नाका हुँदै ठूलो परिमाणमा गाँजा गइरहेको पूर्व सूचनाको अधारमा भारतीय ट्रकको खोजि शुरू गरेको थियो ।
बिहीवार दिन भर उक्त ट्रक जितपुरमै सडक छेउमा रोकिएको अवस्थामा स्थानीय जनप्रतिनिधिको रोहबरमा ट्रकको हुडमा खोलेर हेर्दा फल्स बटन बनाई राखिएको अवस्थामा गाजा र ट्रक नियन्त्रणमा लिइएको थियो भने चालकको खोजी कार्य भइरहेको बारा प्रहरीका प्रवक्ता डिएसपी पुरूषोत्तम पाण्डेले जनाए ।
८ पाकेटमा ३० किलोको दरले २४० किलो र २२ किलोको अर्काे प्याकेट गरि कुल २६२ किलो गाँजा भारत लैजाने ओसारपोसार गिरोहको तयारी थियो ।
बारा प्रहरीले चालू आवमा करिब १ हजार किलो लाग औषध गाँजा बरामद गरेर नष्ट गरिसकेको जनाएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान

वीरगंज, २० असोज ।  भारतको उदयपुर, राजस्थानमा यही अक्टुबर ८ देखि १२ तारिखसम्म हुन गइरहेको अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनशीप–२०२५ प्रतियोगितामा...

सम्बन्धित खबर

- Advertisement -neelambads