search

spot_img
spot_img

भारतीय नागरिक जैनको हुन्डी कारोबारलाई कसले लगाउने लगाम ?

पढ्न छुटाउनुभयो ?

वीरगंज
हुण्डी, सुन तस्करीलगायत विभिन्न काण्डमा मुछिएर ख्याती प्राप्त भारतीय नागरिक सन्तोष जैन वीरगंज र मधेश प्रदेशका राजधानी जनकपुरलाई केन्द्र बनाएर सुनको अवैध कारोबार र हुण्डीको कारोबारमा पुनः सक्रिय भएका छन् । जैनले मधेश प्रदेश अन्तर्गतका संभतः आठ वटै जिल्लामा आफ्ना एजेण्टहरू परिचालन गरि नगद रकमको ओसार पसार (हुण्डी) कारोबारका साथै सुनको समेत कारोबारलाई निरन्तरता दिएको स्रोतको दावी छ ।
स्रोतका अनुसार जैनले नेपालका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूसहित केहि राजनीतिक दलका नेताहरूलाई प्रभावमा पारेर हुण्डी र सुन कारोबारलाई निरन्तरता दिएका हुन् । भारत सरकारले पटक पटक नोटबन्दी गर्ने गरेका कारण भारतीय काला व्यापारी एवं राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरूले आर्जित गरेको अवैध रकमलाई सुरक्षित गर्न सुनको रुपमा परिणत गर्नकालागि सन्तोष जैनलाई माध्यम बनाएको स्रोतबाट बुझिन आएको छ ।
जैनले चिनबाट विभिन्न माध्यमलाई प्रयोग गरी अवैध रुपमा सुन भित्रियाएर भारत पु¥याएर भारतीय काला व्यापारी एवं राजनीतिक दलका नेता तथा उच्च पदस्थ कर्मचारीहरूलाई दिएर आउने रकम तिनै माध्यम (एजेण्टहरू)मार्फत नगद रकम भरिया प्रयोग गरि अवैध रुपले नेपाली सरहदभित्र झिकाउने गरेको बताइन्छ । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको कार्यकालमा निर्धक्क पूर्वक अवैध हुण्डी र सुन कारोबार गर्दै आएका जैनले प्रहरीको नेतृत्व परिवर्तनपछि केहि समयको विश्रामपछि पुनः आफ्नो अवैध कारोबारमा सक्रिय हुनुले वर्तमान प्रहरी नेतृत्वमाथि प्रश्न चिन्ह खडा भएको छ । सीमा क्षेत्रमा अत्याधुनिक हतियार एवं बन्दोवस्तीका सामानसहित परिचालित सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिका बीच जैनजस्ता आर्थिक अपराधीहरूले निर्धक्कतासाथ कारोबार गरिरहनुले पनि सुरक्षा निकाय माथिको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा भएको छ ।
विगतमा भारत बिहार राज्य मजफ्फरपुरमा टेम्पु चलाउने जैन नेपाल आएर सानो समयमै खबौंको सम्पत्ति जोड्न सफल मात्र भएनन्, आफ्ना दुई छोराहरू राजा भन्ने सौरभ जैन र बिक्की भन्ने अंकुर जैनलाई २०६३ सालमा पैसाकै बलमा नेपाली नागरिकता समेत दिलाए । जैनको अवैध कारोवार बारे प्रहरी प्रशासनलाई समेत राम्ररी जानकारी रहेको भएको पनि आर्थिक प्रलोभनमा परी चुपीसाधी वसेका छन् । स्मरणरहोस्, बिगतमा जैन, उनका श्रीमति र छोरा यसअघि हुण्डी कारोबारको आरोपमा वीरगंजबाटै पक्राउ परेका थिए भने उनका एक छोरा भारतको सिलिगुडीमा १० किलो सुनसहित पक्राउ परेका थिए, जुन मुद्दा अहिलेसम्म जारी नै रहेको छ ।

 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads