search

spot_img
spot_img

वेष्टइन्डिज भारतमा हुने विश्व कपबाट बाहिरियो

पढ्न छुटाउनुभयो ?

वीरगंज
टेस्ट राष्ट्र वेस्टइण्डिज भारतमा हुने विश्वकपमा पुग्न असफल भएको छ । जिम्बावेको हरारेमा आज जारी विश्वकप छनोट अन्तर्गतको सुपर सिक्सबाटै वेस्ट इण्डिज बाहिरिने पक्का भएको हो । आज सम्पन्न खेलमा वेस्ट इण्डिजलाई स्कटल्याण्डले ७ विकेटको जित निकालेको थियो । टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो । खराव सुरुवात गरेको वेस्ट इण्डिजले २०.४ ओभरमा निकोलस पुरनको विकेट जाँदा ८१–६ को खराब अवस्थामा थियो । त्यसपछि आएका जेसन होल्डरले ४५, रोमेरियो सेपार्डले ३६ तथा केभिन सिन्केल्यरले १० रन जोड्दै वेस्टइण्डिजलाई झिनो लक्ष्यभन्दा केही माथि लगे। बलिङतर्फ स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३ विकेट लिँदा क्रिस सोल, मार्क वाट र क्रिस ग्रिभ्सले समान २ विकेट लिए । त्यस्तै साफयन सरिफले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको स्कटल्याण्डले ४३.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो। स्कटल्याण्डका लागि म्याथ्यु क्रसले सर्वाधिक अविजित ७४ रन बनाउँदा ब्रान्डन म्याकमुलनले ६९ तथा जर्ज मुन्सले १८ रन बनाउए। बलिङतर्फ वेस्टइण्डिजका जेसन होल्डर, रोमेरियो सेपार्ड र अकिल हुसैनले समान १ विकेट लिए । जितसँगै स्कटल्याण्डले शीर्ष दुईमा पुग्ने सम्भावना कायम राख्दा वेस्ट इण्डिजले विश्वकप खेल्ने सम्भावना सकिएको हो । वेस्ट इण्डिज दुई पटकको विश्वकप विजेता हो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर