search

spot_img
spot_img

बाराबाट १०५ किलो गाँजा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, २६ असार । जिल्ला प्रहरी कार्यालय बाराले ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको छ ।
आज बिहान ७ः२० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजले ना.१ क ३२०५ नम्बरको ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको थियो ।
सूचनाको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा जीतपुरसिमरा उमनपा वडा नं–२२ पूर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिरनजीकैको सडकको पूर्व साइडको नालामा पल्टिएको अवस्थामा ट्रक भेटिएको थियो । ट्रकको चालक, सहचालक फरार भएको तथा ट्रकको सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बाभित्रबाट प्लास्टिकको ५ वटा बोरामा गाँजा १०५ किलो बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
बरामद गाँजा इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने ट्रक चालक र सहचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी निरीक्ष्Fक रुपेश साहले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

गण्डक नहरमा पानी आयो,किसान हर्षित

राधेश्याम पटेल, परवानीपुर, १६ असार । नारायणी सिचाईँ व्यवस्थापन कार्यालय वीरगंजको गण्डक नहरमा शनिवारदेखि पानी आएको छ । हाल ७...

सम्बन्धित खबर

- Advertisement -neelambads