भानुचोकमा रहेको भानुको शालिक अनावरण

वीरगंज, २९ असार । वीरगंज बसपार्कस्थित भानु चोकमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिक महानगरप्रमुख राजेशमान सिंहले अनावरण गरेका छन् । २१० औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त आचार्यको शालिकको नगरप्रमुख सिंहले अनावरण गरेका हुन् । मधेस आन्दोलनताका प्रदर्शनकारीहरुले फुटाएको भानुभक्त आचार्यको शालिक वीरगंज महानगरपालिकाले पुनरनिर्माण गरेको थियो । नगर प्रमुख राजेशमान सिंहको विशेष उपस्तिथिमा नेपाल […]

नारायणी अस्पतालको सरसफाइको जिम्मा महानगरपालिकाले लियो

वीरगंज, २९ असार । नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी साउन १ गतेदेखि वीरगंज महानगर पालिकाले गर्ने भएको छ । शुक्रवार यसबारेमा वीरगंज महानगरपालिका र नारायणी अस्पतालबीच सम्झौता भएको छ । नारायणी अस्पतालको सरसफाइको जिम्मेवारी वीरगंज महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले पूर्वघोषणा गरेका थिए । आज अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साह र वीरगंज महानगर पालिकाको […]

धारिलो हतियारबाट रौतहटमा युवकको हत्या

रौतहट, २९ असार । रौतहटको देवाही गोनाही नगरपालिकामा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जना युवकको हत्या गरेको छ। आफ्नो घरभित्र सुतिरहेका देवाही गोनाही ६ कर्कच कर्मैयाका ब्रह्मदेव साहको छोरा अन्दाजी ४० वर्षका जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको हो। इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रमुख इनस्पेक्टर गोविन्द कुमार साहका […]