वीरगंजमा छुटाछुटै रक्तदानः७५ जनाद्वारा रक्तदान

वीरगंज
वीरगंजको लिटल बडी इन्टरनेशनल प्रिस्कूलको आयोजनामा रक्तदान सम्पन्न भएको छ । प्रिस्कूलका प्रधानाध्यापक विजयकुमार बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ६ जना महिलासहित ४० जनाले रक्तदान गरेका छन् । रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको प्रिस्कूलका प्रधानाध्यापक बलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै रक्तदान गरेर पुण्य कमाउन वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले आग्रह गरे । बढ्दै गएको रगतको मागलाई पूर्ती गर्न सबैले रक्तदान गर्नुपर्नेमा चौगाईले जोड दिए ।

कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, केन्द्रीय सदस्य छेदूप लामा, राहुल श्रीवास्तव, सुरजबाबु पटेल, पर्सा रेफरी एसोसिएसनका अध्यक्ष अर्जनु गुप्ता, रोट्रयाक्ट क्लब अफ वीरगंज मेट्रापोलिसका अध्यक्ष रेशु अग्रवाल, अनिल जयसवाल, प्रकाश कर्णलगायतको उपस्थिति रहेको थियो ।
यसैवीच,श्रीराम अस्पताल वीरगंजको आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । श्रीराम अस्पतालले आमा सुरक्षा कार्यक्रम सुरु गरेको एक वर्ष पुरा भएको उपलक्ष्यमा शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले रगत दान गरेको अस्पतालकी सञ्चालक डा.दीप्ति यादवले जानकारी दिइन् । रगत दान गर्नेहरूमा डाक्टर सुनिल यादव, डाक्टर मनीष खन्ना, अनिल पटेल, राधा श्रेष्ठ, एञ्जीला पटेललगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगञ्जले जनाएको छ । श्रीराम अस्पतालले एक वर्ष अघिदेखि आमा सुरक्षा कार्यक्रम सुरु गरेकोमा हालसम्म सयौँ गर्भवती आमाहरूलाई सुरक्षित प्रसूति सेवा प्रदान गरिएको अस्पतालकी सञ्चालक डाक्टर यादवले जानकारी दिइन् । आमा सुरक्षा कार्यक्रम एक वर्ष पुरा भएको अवसरमै शनिवार अस्पतालले विभिन्न व्यक्तित्वहरूलाई सम्मानित समेत गरेको छ । अस्पतालले समाजसेवी प्रकाश थारु, वीरगञ्ज युवा समाजका संस्थापक कमल चौगाईं, सञ्चारकर्मी आबिद हुसेन, राजु खण्डेलवाल, हेमा थापा, सौरभ राज पाण्डे र राजन श्रीवास्तवलाई सम्मानित गरेको हो ।

सम्बन्धित पोस्टहरुः