search

वीरगंज नाकामा रु सयको समानमा भएन कडाईँ, अधिकारी भन्छन्–लागु भएको छैन्

पढ्न छुटाउनुभयो ?

वीरगंज
मुलुकको मुख्य भन्सार नाका भनेर चिनिने वीरगंज भन्सार नाकामा रु. सय रुपैयाँको समानमा कडाई गरिएको छैन । साउन १ गतेदेखि कडाई गर्न भनिए तापनि वीरगंज भन्सार नाकामा कडाई नगरिएको बुझिएको छ । पश्चिम नेपालको सुनौली भन्सार नाका र पुर्वको विराटनगर नाकामा कडाई गरिए पनि वीरगंज भन्सार नाकामा कडाईँ नगरिएको सुरक्षा अधिकारीहरुले बताएका छन् । आव २०८०÷०८१ को लागि साउन १ गते देखि भारतबाट रु सय रुपैयाको समान लिएर आउँदा पनि भन्सार महसुल तिर्नू पर्ने निर्देशन छ ।

त्यसै अनुसार नेपालको सबै भन्सार नाकामा भन्सार विभागले कार्यान्वयनको लागि निर्देशन जारी गरेको छ । तर वीरगंज भन्सारमा उक्त निर्देशन जारी हुन नसकेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल शाहले हाल सम्म आधिकारिक पत्र आफुहरु कहाँ नआएकोले कडाई नगरिएको र यस बारेमा बुझेर प्रतिक्रिया दिने बताए । त्यसैगरी,सशस्त्र प्रहरी बल प्रस्तावित भन्सार गुल्म वीरगंजका डिएसपी रामजंग पाण्डेले सीमावर्ती भारतीय बजार रक्सौलबाट समान लिएर आउने सबैको चेकजाँचमा कडाई गरिए तपानि रु सयभन्दा बढिको समानमा राजस्व असुल्ने भनी आधिकारिक निर्णय हुन स्थानीय स्तरमा बाँकी रहेको बताए ।
‘मैले पनिसुने सुनौली र विराटनगर नाकामा कडाई गरिएको कुरा तर वीरगंजको हकमा सरोकारवालाको निर्णय नभएकोले त्यो नियम लागु नगरिएको हो,’ उनले भने । यस विषमा वीरगंज भन्सारका प्रशासक डिलाराम पन्थीसंग बुझ्दा उनले भन्सारमा आज देखि कडाई गरिएको बताए पनि कति जनाबाट कति राजस्व संकलन भयो भन्ने बारेमा विवरण दिन सकेनन् ।उनले अगामि दिनमा वीरगंज भन्सार नाकालाई माथिल्लो निर्देशनलाई पालाना गराउन व्यवस्थित गर्दै लैजाने योजना रहेको बताए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads