search

spot_img
spot_img

नेपाल एसिसि कपमा भारतसंग पराजित

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनल पुग्न असफल भएको छ । श्रीलंकाको प्रेमदाशा स्टेडियममा सम्पन्न खेलमा आज भारत ‘ए’ पराजित भएसँगै नेपालको इमर्जिङ एसिया कपको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । समूह ‘बी’ मा रहेको नेपालले अघिल्लो खेलमा पाकिस्तानसँग ४ विकेटको पराजय ब्यहोरेको थियो । टस जितेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै १६७ रनको सानो स्कोर खडा ग¥यो । जवाफी ब्याटिङमा उत्रिएको भारतलले सजिलै १ विकेट गुमाएर २२.१ ओभरमा लक्ष्य पुरा गर्दा नेपाल ९ विकेटले पराजित भएको हो ।
नेपालको इनिङ्सः कप्तानको अर्धशतक, दुबै कुशल डकआउट
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई पहिलो विकेटका रुपमा गुमाएको थियो । दोस्रो विकेट ७ रन बनाएका आशिफ शेखको ५.२ ओभरमा गयो । त्यस्तै तेस्रो विकेट १५ रन बनाएका देव खनालको ७.२ ओभरमा गुम्यो । उनले कप्तान रोहित पौडेलसँग २७ रनको साझेदारी गर्दा १५ रन बनाएर आउट भए ।नेपालका लागि कप्तान पौडेलले अर्धशतकीय इनिङ्स खेल्दै कुनैबेला ३७–५ को अवस्थामा पुगेको नेपालको स्कोर उकासे। उनले ८५ बलमा ७ चौकाको सहायतामा ६५ रन बनाए । यसक्रममा उनले भीम सार्की, कुशल मल्ल, सोमपाल कामी र गुलसन झासँग साझेदारी गरे ।
नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पौडेल र सोमपाल कामीले छैटौँ विकेट लागि बनाए। यसक्रममा उनीहरुले ८४ बलमा ५३ रनको साझेदारी बनाए । उनीबाहेक गुलसन झाले ३० बलमा २ छक्का र २ चौकाको सहायतामा ३८ रन बनाए । उनीपछि आएका पवन सर्राफले ६, किशोर महतोले २ तथा ललित नाराणय राजवंशीले ३ रन बनाए । उनी अघि कुशल मल्ल डकआउट हुँदा भीम सार्कीले ४ रन जोडे ।
बलिङतर्फ भारतका निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिँदा राजवर्धन हनगरगेकरले ३ तथा हर्षित रानाले २ र मानव सुल्थारले १ विकेट लिए । भारतको इनिङ्स, एक विकेट गुमाउँदै लक्ष्य
जवाफी ब्याटिङमा उत्रिएको भारत ‘ए’ले १ विकेट गुमाएर २२.१ ओभरमा लक्ष्य पुरा ग¥यो । भारतका लागि अभिषेक शर्माले २ छक्का र १२ चौकाको सहायतामा ६९ बलमा ८७ रन बनाए। उनलाई कप्तान रोहित कुमार पौडेलले कुशल मल्लबाट क्याचआउट गराए। त्यस्तै साइ सुधर्सन ५८ रनमा अविजित रहँदा ध्रुब जुरेल २१ रनमा अविजित रहे ।
नेपालका लागि एकमात्र विकेट कप्तान पौडेलले लिए ।
भारत सेमिफाइनलमा, नेपाल बाहिरियो
लगातार दुई जितसँगै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको छ। भारतले आफ्नो पहिलो खेलमा यूएई ‘ए’लाई हराएको थियो। त्यस्तै आजै सम्पन्न समूह ‘बी’कै अर्को खेलमा पाकिस्तानले यूएई ‘ए’लाई हराउँदै सेमिफाइनलमा स्थान पक्का ग¥यो। समूह ‘बी’ बाट भारत ‘ए’ र पाकिस्तान ‘ए’ले सेमिफाइनलमा स्थान बनाउँदा नेपाल र यूएई ‘ए’ बाहिरिएका छन् । नेपालले आफ्नो तेस्रो खेलमा यूएई ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ ।

 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads