search

सिसिटिभी चोरी गर्ने चौधरी सामुदायिक प्रहरीद्वारा पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ साउन । सिसिटिभी चोरी गरेको आरोपमा सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले एकजना चोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर ११ घर भएका महम्मद हासिम मंसुरीको घरमा सिसिटिभी क्यामरा चोरी गर्ने वर्ष २१ का आशिष कुमार चौधरीलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर–११ ले पक्राउ गरेको हो । चोरी गर्ने चौधरीलाई विशेष सुराकीको आधारमा मंगलवार बिहान ८ः३० बजे वडा नम्बर ११ बाट पक्राउ गरिएको सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधानले जानकारी दिनुभएको छ।
वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेल्वा घर भएका हाल वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजारथटोल डेरा गरि बस्दै गरेका चौधरीले जेठ २७ गते राति १ बजे मन्सुरीको घरमा लागेको सिसिटिभि क्यामारा चोरी गरेको थियो ।
चोरी गर्ने तीन समूह रहेकोमा एक जना पक्राउ परेका छन भने बाँकी २ जना विकास चौधरी र रबिन्द्र चौधरीको खोजी भइरहेको सचिव प्रधानले बताउनुभयो । दुवैजनाको नाम आशिष कुमार चौधरीले पोलेका छन् ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर ११ का हवदार ओमप्रकाश साह, प्रहरी सहायक हवल्दार लालुमाया महतो, सदस्य राजेश कुमार सिंह लगायतको उपस्थित रहेको सचिव प्रधानले बताउनुभएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads