search

गण्डक नहरमा डुबेर बालकको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ साउन । गण्डक नहरमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा, पकाहामैनपुर गाउँपालिका–१ धोरे घर भई हाल वीरगंज–११ श्रीपुरमा बस्दै आएका राजमोहनलाल कर्णका १४ वर्षीय छोरा शुभमकुमार कर्ण रहेको छ ।

हिजो दिउँसो साथीहरुसँगै नुहाउन आएका शुभम नुहाउने क्रममा डुबेपछि उनका साथीहरु त्यहाँबाट भागेको र कसैले परिवारजनलाई खबर गरेका थिएनन् । जसले गर्दा परिवारले खोजी कार्य शुरु गर्दै प्रहरीमा जानकारी गराएको थियो । आज बिहान गण्डक नहरको निर्माणाधीन केवडा (गेट) मा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । घटनास्थल नजीकै गण्डक नहरको डिलबाट शुभमको कपडा फेला परेको छ ।

शव परीक्ष्Fणको लागि नारायणी अस्पतालमा राखिएको र अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads