छपकैयामा दमकलमार्फत पानी वितरण

वीरगंज, ७ असार । वीरगंज महानगरपालिकाले वडा नं १ छपकैयामा आइतवार खानेपानी वितरण गरेको छ ।

सो क्षेत्रका चापाकल सुकेपछि खानेपानीको अभाव झेल्दै आएका वडावासीलाई महानगरपालिकाको वारूणयन्त्रका कर्मचारीले पानी वितरण गरेका हुन् ।

महानगरपालिका भित्रका अधिकांश चापाकल सुकेपछि नगरक्षेत्रमा खानेपानीकोे अभाव भएको हो ।

सम्बन्धित पोस्टहरुः