search

spot_img
spot_img

बारा प्रहरीबाट कुटिएका यादव दिल्ली रेफर, डिएसपी र प्रनिको सरुवा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ८ साउन/ बारा प्रहरीले कुटपिट गरेको दुईजना घाइतेमध्ये एकजना दिल्ली रेफर भएका छन् ।

स्पर्श हस्पिटल गण्डकमा भर्ना भएका नेपाली काङ्ग्रेस, बाराका सचिव भैयाराम यादवको यहाँ उपचार सम्भव भएपछि थप उपचारको लागि अस्पतालले दिल्ली रेफर गरेको छ । साउन १ गते राति ८ बजे जिल्ला प्रहरी कार्यालय, बारामा सवारी दुर्घटनासम्बन्धी मुद्दाको पञ्चायती भइरहेको बेला बारा प्रहरीका प्रवक्ता पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहले प्रहरी कार्यालयभित्रै सचिव यादव र नेकपा (एस)का नेता धु्रव यादवलाई कुटपिट गरेका थिए । कुटपिटबाट सचिव यादव मेरुदण्डमा समस्या भएको र स्पर्शमा भर्ना गरिएको थियो ।

घटनाको विरोधमा नेपाली काङ्ग्रेस, बाराको नेतृत्वमा विभिन्न राजनीतिक दलहरुले कलैयामा प्रहरीविरुद्ध धर्ना, प्रदर्शन गर्दै आएका छन् । उनीहरुले प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको सरुवा र घटनाका आरोपी सूचना अधिकारी पाण्डे र प्रनि साहलाई कारबाइको माग गर्दै आएका थिए । यसैबीच, जिप्रका, बाराले घटनाका आरोपी प्रवक्ता पाण्डे र प्रनि साहलाई आइतवार सरुवा गरेको छ । प्रहरी उपरीक्षक बोगटीले घटनाका आरोपी दुवैलाई सरुवा गरिएको जानकारी गराए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads