search

कपिलवस्तुबाट स्रोत नखुलेको ४८ लाखसहित एक जना पक्राउ

पढ्न छुटाउनुभयो ?

बुटवल । प्रहरीले कपिलवस्तुबाट स्रोत नखुलेको ४८ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

कपिलवस्तु नगरपालिकास्थित नयाँ टोलबाट मंगलबार साँझ सुनिलकुमार गुप्तालाई २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।

गुप्ताको साथबाट कुल ४८ लाख ५ हजार १२७ रुपैयाँ बरामद गरिएको हो । स्थानीय रामदेव बर्माको घर भाडामा लिएर अबैध रुपमा भारतीय रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उप बस्नेतले बताए । पक्राउ परेका गुप्तालाई थप अनुसन्धान गर्न रकमसहित बुधबार राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने प्रहरीले जनाएको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads