search

spot_img
spot_img

बाराबाट १२ वटा मोटरसाइकलसहित सातजना युवक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ११ साउन/

जिल्ला प्रहरी कार्यालय, बाराले १२ वटा मोटरसाइकलसहित सातजना युवकलाई पक्राउ गरेको छ ।

बारा जिल्लामा मोटरसाइकल चोरीको घटनामा वृद्धि भएसँगै प्रहरीले सोविरुद्ध अभियान सञ्चालन गरेको र दुईवटा भारतीय मोटरसाइकल, एउटा अनटेस्ट र नौंवटा नेपाली नम्बरका मोटरसाइकलसहित चोरीकाण्डमा संलग्न सातजना युवकलाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं सूचना अधिकारी जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए ।

उनले विभिन्न समयमा विभिन्न स्थानबाट चोरी भएका १२ वटा मोटरसाइकलसहित जीतपुरसिमरा उपमनपा–१६ बस्ने १९ वर्षीय विर्धोज वाइबा, १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमनपा–२० बस्ने २० वर्षीय दीपेन्द्रकुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार, महागढीमाई नपा–९ बस्ने २० वर्षीय राजिनन्द महतो, रौतहट चन्द्रपुर नपा–२ बस्ने २६ वर्षीय पञ्चालाल ब्लोन रहेको प्रवक्ता कुर्मीले बताए । उनले पक्राउ परेका सातजनालाई अदालतबाट म्याद थप गरिएको बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads