भेडहा खोलाको बाढिले सयौं विघा बाली डुबानमा,करौडौंमा निर्माण भइरहेको बाँध कटान

वीरगंज गएरातिदेखि भेडहा खोलामा आएको बाढिले पर्साको धानबाली डुबानमा परेका छ । वीरगंज–३१ बेल्वा र वडा नं ३० पर्ने लालपर्साको सयौं विघा जमिन डुबानमा परेको हो । खोलाको बाढिले सयौं किसानको सयौं विघा धानबाली डुबानमा पारेको वीरगंज–३१ बेल्वाका वडा अध्यक्ष जितेन्द्र यादवले जानकारी गराए । उनका अनुसार बेल्वाका करिब ३ सय र लालपर्साका ३ सय […]
नारायणी रंगशालाका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

वीरगंज लामो समयदेखि जीर्ण रहेको वीरगंजको नारायणी रंगशाला पुनःनिर्माणका लागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पहल थालेका छन् । मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न अतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइदिन आग्रह गरे । उनले भने,‘यो रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि […]
पर्साका आर्यन चौरसिया युट्युबमा लोकप्रिय बन्दै

वीरगंज पर्साका एकजना किशोर छोटो अवधिमै सामाजिक सञ्जाल युट्युबमा लोकप्रिय बनेका छन्। पकाहामैनपुर गाउँपालिका–३ पकाहाटोल बस्ने १८ वर्षीय आर्यन चौरसिया दुई वर्ष अवधिमा शर्ट भिडियोमार्फत लोकप्रिय बनेका हुन् । उनी आइक्यु र सत्य घटनामा आधारित छोटो भिडियो बनाएर देश–विदेशमा लोकप्रियता हासिल गरेका छन्। पकाहामैनपुर गापाका पूर्व गापाअध्यक्ष विजय चौरसियाका छोरा आर्यनको अफिशियल चज्या च्यानल छ। […]
विवाहको डेढ वर्षपछि जयाको शकास्पद मृत्यु

वीरगंज बारामा एक जना महिलाको शकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा बारा,विश्रामपुर गापा–१ छातवाका सन्दिप कुशवाहाकी ३० वर्षिया पत्नी जया कुशवाहा देवी रहेकी छन् । शुक्रवार विहान साढे ७ बजे आफनै कोठाको पंखामा डोरीले झुण्डिएको अवस्थामा बारा प्रहरीले शव बरामद गरेको थियो । तर उनी ओछयानमै सुतिरहेको अवस्थामा डोरीमा झुण्डिएकी फेला परेकी थिइन् । […]
मिलनचोक–लालपर्सा सडकको पिच १५ दिनमै उप्कियो, कमसल काम गर्ने ठेकेदारलाई जनताले घेरे

वीरगंज पर्साको मिलनचोक–लालपर्सा सडकखण्डमा कमसल कालोपत्रे गर्ने ठेकेदारको जनताले खोजी शुरु गरेका छन । वीरगंज महानगरपालिकाको वडा नं ३० लालपर्सा र ३१ बेल्वा को क्षेत्रमा पर्ने सो सडकको साढे ७ किलो मिटर लम्बाईको सडकमा करिब २ किमी सडक १५ दिनमै पिच उप्किउपछि सडक खराब भएको हो । गत असार मसान्तको अन्तिम समयमा कमसल कालोपत्रे गरेको […]
बल्ल ल्यायो जिराभवानी गापाले बजेट

वीरगंज पर्साको जिराभवानी गाउँपालिकाले १२ औं गाउँ सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम शुक्रबार सम्पन्न सभाबाट पारित समेत भएको जनाइएको छ । असार १० गते भित्र नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने प्रावधान रहेतापनि प्राविधिक कारणले ढिलाई भएको थियो । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा […]
ससुराली घर आएका ज्वाईले गरे आफनै श्रीमतिको हत्या

वीरगंज बारा प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ । भारत विहार राज्यको जिल्ला पुर्वी चम्परण थाना ढाका ग्राम पचपकडी वडा न.१४ रुपौलीया निवासी ३१ बर्षिय मोहमद अमानुल्लाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बारा सिम्रौनगढ नगरपालिका वडा नं.६ बजार टोलमा बस्ने जहिर मियाका ज्वाई पर्ने मियाँलाई बारा प्रहरीले पक्राउ गरेको हो । उनले […]
युवा तथा खेलकुद मन्त्री लिम्बुद्वारा नारायणी रंगशालाको अनुगमन

वीरगंज युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले वीरगञ्जस्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेका छन् । दशरथ रंगशालापछिको उपत्यका बाहिरकै सबैभन्दा पूरानो रंगशालाको अवस्थाका बारेमा मन्त्री लिम्बुले स्थलगत अवलोकन तथा निरीक्षण गरेका हुन् । आगामी २०८३ सालमा हुने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता मधेश प्रदेशमा गर्ने तयारीका लागि यहाँका खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका […]
आयातित वस्तुमा लेबलिङको नियमले वीरगंजका व्यवसायी आन्दोलितः नाका ठप्प पार्ने चेतावनी

वीरगंज भन्सार बिभागद्वारा जारी लेबलिङ सम्बन्धि प्रावधानाको देशभरीका उद्योगी व्यावसायीहरु बिरोध गरेका छन् । उद्योगीहरुले सरकारले स्पष्ट निति तथा कार्यबिधि ल्याएर मात्र लेबलिङ सम्बन्धि नियम लागु गर्नु पर्ने माग गरेका छन् । यसै क्रममा वीरगंज उद्योग वाणिज्य संघले बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी सारकारको निति गलत रहेको बताएको छ । वीरगंज उद्योग वाणिज्य संघको सभा […]
जानकी मन्दिर परिसरमा अश्लिल टिकटक बनाउने युवक पक्राउ

वीरगंज धर्मिक स्थलमा अश्लिल टिकटक बनाई समाजिक संजालको माध्यमबाट समाजमा अश्लिलता फैलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । केहिदिन अघि जकपुरको जानकी मन्दिरको विवाह मण्डप भित्र अश्लि हर्कत देखाई टिकटक भिडियो बनाई उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपश्चात भिडियो बनाउने व्यक्तिहरूको तीब्र खोजतलास शुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनलाई पक्राउ गरेको […]