search

spot_img
spot_img

ससुराली घर आएका ज्वाईले गरे आफनै श्रीमतिको हत्या

पढ्न छुटाउनुभयो ?

वीरगंज
बारा प्रहरीले श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ । भारत विहार राज्यको जिल्ला पुर्वी चम्परण थाना ढाका ग्राम पचपकडी वडा न.१४ रुपौलीया निवासी ३१ बर्षिय मोहमद अमानुल्लाह मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बारा सिम्रौनगढ नगरपालिका वडा नं.६ बजार टोलमा बस्ने जहिर मियाका ज्वाई पर्ने मियाँलाई बारा प्रहरीले पक्राउ गरेको हो । उनले आफनै श्रीमती आसमिन खातुनको बुधबार बिहान ३ बजेको समयमा घाँटी रेटी हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटि गएको प्रहरी टोलीले घटनास्थलमा पुगी अनुसन्धान गर्दा पक्राउ परेका मियाँले ससुराली घरमा आएको मौका छोपी आफ्नै श्रीमतीलाई घरायसी बिवादमा मासु काट्ने धारिलो दाउले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निजको श्रीमती सुती रहेको अवस्थामा घाँटीको अगाडीको भागमा तथा शरीरिको बिभिन्न भागमा प्रहार गरी हत्या गरेको देखिएकोमा हत्या पश्चात निज घटनास्थलबाट भाग्दै गरेको अवस्थामा स्थानीय मानिसहरुको सहयोगमा मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक जयकृष्ण प्रसाद कुर्मीले जानकारी दिए ।
मृतक २२ वर्षिय खातुनको २ छोरा, १ छोरी रहेका छन् र उनी माईती घरमा बस्दै आएकोमा पहिला पनि पटक पटक आक्रमण गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ । अभियुक्त मियाँ उपर कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीले जनाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads