search

spot_img
spot_img

बल्ल ल्यायो जिराभवानी गापाले बजेट

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साको जिराभवानी गाउँपालिकाले १२ औं गाउँ सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०÷०८१ को बजेट तथा कार्यक्रम शुक्रबार सम्पन्न सभाबाट पारित समेत भएको जनाइएको छ । असार १० गते भित्र नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने प्रावधान रहेतापनि प्राविधिक कारणले ढिलाई भएको थियो । गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीले चालु आ.व.को रु ३० करोड ३१ लाख ४८ हजार बराबरको विनियोजित बजेट प्रस्तुत गरेकी थिइन । उनले प्रस्तुत गरेको बजेट अनुसार आम्दनी तर्फ नेपाल सरकारबाट प्राप्त अनुदान वित्तिय समानिकरण रु ९ करोड ४२ लाख, सर्शत चालु रु ११ करोड २४ लाख, सर्शत पुंजिगत रु ९० लाख, विशेष अनुदान एक करोड र समपुरक अनुदान रु ५० लाख र राजश्व बाँडफाड रु ५ करोड ४५ लाख रहेको छ ।

यसगरी प्रदेश सरकारबाट प्राप्त अनुदान वितिय समानिकरण रु ६५ लाख ४८ हजार, विशेष अनुदान रु ३० लाख र समपुरक अनुदान रु २० लाख रहेको छ भने आन्तरिक आय रु ५० लाख र आन्तरिक राजश्व रु १५ लाख रहेको छ । उपाध्यक्ष चौधरीले खर्चमा पुंजिगत तर्फ कृषि विकास तथा पशु सेवामा रु ५० लाख, शिक्षा क्षेत्र विकासमा रु एक करोड १२ लाख, स्वास्थ्य क्षेत्र विकासमा रु ५० लाख, मर्मत सम्भार कोषमा रु ५० लाख, सम्पुरक कोष रु ५० लाख, भैपरी आउने पुंजिगत खर्च रु ४० लाख, गाउँपालिकाको प्रमुख सडक मर्मत रु ४० लाख, बृक्षारोपण रु १० लाख, सडक बत्ती खरिद रु १० लाख, महिलाहरुको क्षमता विकास तथा जनचेतना कार्यक्रम रु २० लाख, खेलकुद विकास रु १५ लाख, न्यायिक समिति व्यवस्थापन रु ५ लाख बजेट छुट्याएको वताइन ।

यसैगरी वडा स्तरिय योजनाहरुको लागि रु २ करोड, गत आ.व.को भुक्तानी गर्नु पर्ने वाकी रु एक करोड ४८ लाख, गत आ.व.को आन्तरिक भुक्तानी गर्नु पर्ने वाकी रु एक करोड २६ लाख, कृषी पोल तथा तार जडान रु एक करोड २५ लाख, कृषकहरुको कृषि मोटर खरिद तथा वितरण कार्यक्रमको लागि रु २५ लाख र विपद व्यवस्थापनको लागि रु १० लाख विनियोजन गरेको जानकारी दिइन । उनले चालु तर्फ चालु खर्च रु ५ करोड ४४ लाख ४८ हजार र नेपाल सरकारको सर्शत कार्यक्रममा रु १४ करोड एक लाख विनियोजन गरेको वताइन । गाउँपालिकाको वडा नं. ३ स्थित बरात भवनमा भएको कार्यक्रममा डा. बालकृष्ण चौधरी, प्रदेश सभा सदस्य शंकर चौधरी, प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी, सबै वडाका वडाध्यक्ष, गाउँ सभा सदस्य, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

एसपी आफै अनुसन्धान गर्न मुसैली पुगेपछि…..

वीरगंज, ३ असार । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा एक व्यक्तिको शव...
- Advertisement -spot_img

सम्बन्धित खबर