search

spot_img
spot_img

भेडहा खोलाको बाढिले सयौं विघा बाली डुबानमा,करौडौंमा निर्माण भइरहेको बाँध कटान

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
गएरातिदेखि भेडहा खोलामा आएको बाढिले पर्साको धानबाली डुबानमा परेका छ । वीरगंज–३१ बेल्वा र वडा नं ३० पर्ने लालपर्साको सयौं विघा जमिन डुबानमा परेको हो । खोलाको बाढिले सयौं किसानको सयौं विघा धानबाली डुबानमा पारेको वीरगंज–३१ बेल्वाका वडा अध्यक्ष जितेन्द्र यादवले जानकारी गराए । उनका अनुसार बेल्वाका करिब ३ सय र लालपर्साका ३ सय गरी करिब ६ सय विघामा लगाइएको धानबाली डुबानबाट प्राभावित भएको बताए । भेडहा खोलाको प्राकृतिक बहाव हुने स्थान लालपर्सामा सर्बोत्तम स्टील निर्माण भएपछि किसानलाई डुबानको झनै समस्या खेप्नु परेको बताएका छन् ।उनीहरुले डुबानको समस्या समाधान गर्नको लागि तीनै तहको सरकारले भुमिका खेल्नु पर्ने आवश्यक रहेको बताए । वीरगंज ३० लालपर्साका वडा अध्यक्ष मनोज यादवका अनुसार भेडहा खोलाका बाढिले सो क्षेत्रका सयौं किसान वर्षेनी मर्कामा परी धानबालीमा नोक्सानी बेहोर्नू परेको बताए । भेडहा खोलाको बाढि नियन्त्रणको लागि तटबन्ध निर्माण भइरहेको तर यसवर्षको बाढिले कटगेनवा गाउँ निजकै बाध पनि बगाएको गाउँलेले बताएका छन् । ४४ करोडको बजेटमा ठेक्का अह्वान भएकोमा पप्पु कन्सट्रक्शनले खोलाको दुबै छेउमा करिब १२ किलोमिटर बाध निर्माणको लागि २४ करोडमा ठेक्का सकार गरी काम गरिरहेको छ । मिलनचोकभन्दा ४ सय उत्तरतर्फबाट निर्माण भइरहेको तटबन्ध मिलन चोकभन्दा दक्षिणतर्फ करिब ३ किलोमिटर सम्म काम भइसकेको छ । वीरगंज–२७ उदयपुरघुर्मी सम्म बाध निर्माण गर्नू पर्नेछ । यस विषयमा पप्पु कन्सट्रक्शनका सञ्चालक सुमित रौनियारसंग सोध्दा आफु वीरगंज बाहिर भएको र बाँध कटान बारे जानकारी नभएको बुझेर जानकारी गराउने बताए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads