search

spot_img
spot_img

वीरगंजबाट रक्सौल जाने चार चक्के नेपाली गाडीमाथि कडाईँ

पढ्न छुटाउनुभयो ?

वीरगंज
नेपालबाट भारतीय सीमावर्ती बजार सम्म जाने नेपाली चार चक्के निजि गाडीमा भारतीय प्रशासनले कडाईँ शुरु गरेको छ । नेपाल–भारतको वीरगंज–रक्सौल नाकामा यस्तो कडाई आजबाट शुरु भएको हो । मंगलवार मध्यान्ह १२ बजेपछि नेपाली चार चक्के गाडीलाई रक्सौल प्रवेशमा रोक लगाइएको जानकारी प्राप्त भएको छ । भारतीय दूतावासको प्रवेश इजाजत बिनाको चार चक्के नेपाली गाडी,जिप,कार,भ्यानको प्रवेशमा रोक लगाइएको यात्रुहरुले बताएका छन् । पैदल,मोटरसाइकल एंव अटो,इरिक्सामा आउजाउ गर्न दिइएको छ ।
निजि कामले रक्सौल बजार गइरहेका बारा,परवानीपुर गाउँपालिका–५ बहुअरीका तौफिक अन्सारीले मितेरी पुल पारी चेकिङ गरिरहेको रक्सौल कस्टमका अधिकारीले आफनो नेपाली गाडी फिर्ता पठाएको बताए ।
दूतावासको बिना परमिट पेपर बिना जान नदिने भन्दै रक्सौल प्रवेशमा रोक लगाएको उनलाई भारतीय कस्टम अधिकारीहरुले जानकारी गराएका थिए । नेपाल–भारत सीमा जागरण मञ्च बिहारका संयोजक महेश अग्रवालले दिउँसो १ बजेपछि आफुले पनि वीरगंज–रक्सौल सीमामा कडाई गरेको पुष्टि गरे । रक्सौलका व्यवसायी समेत रहेका अग्रवालले बिहारको बेगुसरायबाट दुई वटा नेपाली चार चक्के गाडीबाट केही अबैध समान बरामद भएपछि भारतीय खुफिया विभागले कस्टम कमिशनर अफिस दिल्लीलाई जनाएको थियो । सोही कार्यालयले नेपाल–भारत भारतीय सीमा क्षेत्रको कस्टमलाई त्यस्तो परिपत्र गरेर कडाई गरिएको बताए । ‘ एक दुइ दिनमा लिखित सर्कुलर आउँछ भनी कस्टमका अधिकारीहरुले बताउनु भएको छ,’उनले भने,‘यस्तो नियमले दुबै देशको सीमावर्ती सम्बन्धमा दुरी बढाउँछ् ।’

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दिपक गिरीले रक्सौल कस्टमले नेपाली गाडी फर्काएको जानकारी आए तापनि यस विषयमा आधिकारिक परिपत्र नआएको बताए । ‘सीमा क्षेत्रको प्रहरी यूनिटबाट हामी कहाँ पनि यस्तो जानकारी आएको छ’,उनले भने,‘ बिना पास चार चक्के सीमावर्ती बजार,बसपार्क,स्टेशन सम्म जाने भनेर परपर सम्म जाने गर्दा भारतीय कस्टमको राजस्व संकलनमा असर परेको भन्दै माथिल्लो निकायको निर्देशन अनुसार रोक लगाइएको भनी जानकारी आएको छ ।’
रक्सौललगायत भारतीय सीमावर्ती बजारका व्यवसायीहरु नेपाल सरकारले गत साउन १ गतेदेखि लगाएको रु सयको नियमले गर्दा त्रसित बनेको बुझिएको छ । भारतीय बजारबाट किनमेल गरी रु सय भन्दा बढिको समान लिएर नेपाल आउँदा भन्सार नाकामा राजस्व तिरेर आउनु पर्ने नियम जारी भएपछि अहिले भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने नेपालीहरुको चहलपहल घटेको छ । केही व्यवसायीले नेपालकै यस्तै नियमको कारण भारत सरकारको कस्टम विभागले काउन्टर दिएको पनि वीरगंज–रक्सौलका व्यवसायीवीच चर्चा छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads