search

नगवाबाट फेरी युवकको शव बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज–१६ नगवामा एक युवकको शव फेला परेको छ । नगवाको नयाँ बस्ती घर भएका ३० वर्षीय नजिम मियाँको शव बुधवार बिहान फेला परेको हो । नगवाको बाइपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फको सडक छेउमा मियाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ । सडक छेउमा बुधवार बिहान करिब साढे ७ बजे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पर्सा प्रहरीका प्रवक्ता एंव डिएसपी दिपक गिरीका अनुसार मादक पदार्थ सेवन गरेका मियाँ आफैँ लडेर उनको मृत्यु भएको हुन सक्ने बताए । उनी लागुऔषध दुव्यसनी समेत रहेको पत्ता लागेको छ । मृतकको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको र शवको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने उनले बताए । तीन दिन अघि पनि नगवामै एक युवक मृत अवस्थामा फेला परेका थिए ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads