दशकपछि घर फर्केका भोलाको परिवारमा खुशीयाली

वीरगंज वीरगंजका एक व्यक्ति दशकपछि आफनो घर फर्केका छन् । दुइ दशकदेखि हराइरहेका वीरगंज–२ छपकैयाका भोला महतो पासी आज विहान ९ बजे घर फर्केका हुन् । भारतको कोलकात्तामा एक जनाको घरमा चौपायको स्याहार गर्दै आएका भोला हावडा एक्सप्रेसको रेलबाट कोलकात्ताबाट रक्सौल हुदैं वीरगंज छपकैया आएका हुन् । पहिले उनको मानसिक अवस्था ठिक नहुदाँ घर फर्केका […]
पटेर्वासुगौलीका युवक किन गर्दैछन् दश दिनदेखि अनशन

वीरगंज पर्सामा एक जना युवक दश दिनदेखि आमरण अनशनमा बसेका छन् । पटेर्वासुगौली–३ सानो देकुलीका रामजन्म ओझैया थारु पटेर्वासुगौलीको बेथितिको विरुद्धमा आमरण अनशनमा बसेका हुन् । गापा तथा गापाका जनप्रतिनिधि विरुद्ध आन्दोलनरत रामजन्म दुई दिन वीरगंजको घण्टाघर,३ दिन गापाको कार्यालय अगाडि आमरण अनशन बसेपछि उनको स्वास्थ्य अवस्था बिग्रेको थियो ।त्यसपछि उनलाई उपचारको लागि नारायणी अस्पताल […]
वीरगंजमा आँखा पाक्ने रोगको प्रकोप बढदो,बालबालिका बढि पीडित

वीरगंज अत्यधिक गर्मीको कारण पानीको हाहाकार भइरहेको मध्य तराईको जिल्लामा अर्को समस्य सृजना भएको छ । सर्वसधारणमा आँखा पाक्ने रोग (कन्जक्टिभाइटिस) को प्रकोप यस भेगमा बढेको देखिएको छ । मध्यतराईका जिल्ला पर्सा,बारा,रौतहटसंगै बिहारमा पनि यो समस्या देखिएको नेत्र विशेषज्ञहरुले बताएका छन् । मध्य तराईको सबैभन्दा पुरानो आँखा अस्पताको रुपमा चिनिने केडिया आँखा अस्पताल परवानीपुरका नेत्र […]
सिडिओलाई साँचो बुझाउने तयारीमा वीरगंजका सर्जिकल व्यवसायी

वीरगंज प्रहरी तथा राजस्वको टोलीले वीरगजका व्यापारीहरुमाथी ज्यादती गरेको भन्दै सर्जिकल एसोशियनले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएका छ । सर्जिकल एवं रसायन व्यवसायी संघर्ष समिति पर्सा वीरगंजका संयोजक साकेत भागंर नेतृत्वको टोलीले आज पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको हो । पर्सामा रहेको सर्जिकल तथा रसायन व्यापारीहरुले रीतपूर्वक […]
खानेपानी मन्त्रीसंग वीरगंजवासीको गुहारःपानीको संकट समाधान गरिदिनुस

वीरगंज वीरगंज महानगरपालिकाका जनप्रतिनिधीहरुले पानीको समस्या समाधानका लागि संघीय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवलाई गुहारेका छन् । बिहीवार वीरगंजमा आयोजित कार्यक्रममा सहभागी खानेपानी मन्त्री यादवसामु महानगरका ३२ वटै वडाका वडाअध्यक्षहरुले महानगरमा खानेपानीको चरम संकट पारेकाले तत्काल समस्या समधान गरिदिन गुहार लगाएका हुन् । वीरगंज महानगरमा दुई हप्ता यतादेखि ९० प्रतिशत चापाकल सुक्दा खानेपानीको संकटसंग […]
प्रदिप रुङ्गटालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, अदालतमै बेहोस भएपछि अस्पताल भर्ना

वीरगंज व्यवसायी शंकर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ । उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घटनाको तीन महिनापछि आज रुङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए । अदालतका स्रेस्तेदार […]
अर्थमन्त्री महत वीरगंजमा राजस्वका कर्मचारीलाई भने–इमान्दार भए राजस्व बढछ

वीरगंज अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार वीरगंज तथा सिमराका ४ वटा राजस्व संकलन गर्ने कार्यालयको निरीक्षण गरी अधिकारीहरुसंग छलफल गर्दै यस्तो कुरा बताएका हुन् । बुधवार साझ वीरगंज अर्थमन्त्रालयका उच्च अधिकारीसंग वीरगंज आएका मन्त्री महत वीरगंज भन्सार,श्रीसिया सुक्खा बन्दरगाह भन्सार,आन्तरिक राजस्व कार्यालय पर्सा वीरगंज,आन्तरिक […]
मानव सेवा वीरगंजलाई सिटिजन बैंकको सहयोग

वीरगंज सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले मानव सेवा आश्रम वीरगंजलाई विभिन्न समाग्री हस्तान्तरण गरेको छ । सिटिजन बैंक ईन्टरनेशनल लिमिटेडका प्रादेशिक प्रमुख दिवस सिंह ठकुरीले आश्रमका प्रदेश संयोजक देवेश गुप्तालाई एक सेट इन्भटर , ब्याट्रीका साथै माइक र स्पिकर हस्तान्तरण गरेका हुन् । पछिल्लो समय तराई मधेसमा अत्याधिक गर्मी बढेपछी आश्रममा बसोबास गर्दै […]