search

spot_img
spot_img

अर्थमन्त्री महत वीरगंजमा राजस्वका कर्मचारीलाई भने–इमान्दार भए राजस्व बढछ

पढ्न छुटाउनुभयो ?

वीरगंज
अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार वीरगंज तथा सिमराका ४ वटा राजस्व संकलन गर्ने कार्यालयको निरीक्षण गरी अधिकारीहरुसंग छलफल गर्दै यस्तो कुरा बताएका हुन् । बुधवार साझ वीरगंज अर्थमन्त्रालयका उच्च अधिकारीसंग वीरगंज आएका मन्त्री महत वीरगंज भन्सार,श्रीसिया सुक्खा बन्दरगाह भन्सार,आन्तरिक राजस्व कार्यालय पर्सा वीरगंज,आन्तरिक राजस्व कार्यालय सिमरा बाराको निरीक्षण गरेका छन् ।

४ वटा राजस्व केन्द्रित कार्यालयको सहभागितामा निरीक्षण अनुगमनपछि हरके कार्यालयका कर्मचारीसंग छुटाछुटै राजस्व संकलनमा उत्पन्न समस्या एवं चुनौतीको विषयमा उनले जानकारी लिदै कर्मचारीलाई पृष्ठपोेषण समेत दिएको एक अधिकारीले बताए । नले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमान्दार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने ठोकुवा गरे । महतले आयात र माग नहुँदा भन्सार शुल्क नउठ्नु स्वाभाविक भएको र त्यसमा राजस्व नउठ्नुमा कर्मचारीको नियन्त्रण बाहिरको कुरा भएको बताए । तर बजारमा प्रशस्त मालवस्तु हुँदा पनि राजस्व घटिरहेको छ भने त्यो अवस्थामा प्रश्न गर्न सकिने उनको भनाइ थियो ।
‘हामीले यथेष्ट काम गरेनौं,हामी जिम्मेवार भएनौं,हामीले आँखा चिम्ल्यौं अथवा हामीले सार्वजनिकभन्दा निजी फाइदालाई महत्व दियौं भने राजस्व कम उठ्छ’, उनले भने । जायज कुरालाई नजायज बनाउँदा र सार्वजनिकभन्दा निजी फाइदालाई माथि राख्न थालियो भने निश्चितरूपमा व्यवसायीले अर्को बाटो रोज्ने उनको भनाइ थियो ।

‘राजस्व संकलनमा भन्सार र सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुने भएकोले सबैले सहकार्य गरी राजस्व संकलनको बारेमा गम्भीर बन्न समेत उनले निर्देशन दिए । भन्सार नाकाभन्दा बाहिरबाट मालवस्तु आयात भयो भने त्यसलाई सुरक्षा निकायले हेर्नुपर्छ’, महतले भने,‘सुक्खा बन्दरगाहमा ठूलो मेसिन आए पनि उपयोगमा आउन नसकेको उल्लेख गर्दै उनले थप भने, ‘उपयोगमा किन आएन कसैलाई थाहा छैन,अरुले सहयोग नै गर्न चाहेनन्,यो प्रयोगमा आयो भने निजीलाई फाइदा पुग्दैन भन्ने सुनियो । राजस्व संकलनमा वीरगंजका सरकारी कार्यालयका अहम भूमिका रहने भएकोले सोही अनुरुप आचरणमा बसी काम गर्न सबै कर्मचारीलाई उनले अपिल समेत गरे ।

 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads