search

spot_img
spot_img

सिडिओलाई साँचो बुझाउने तयारीमा वीरगंजका सर्जिकल व्यवसायी

पढ्न छुटाउनुभयो ?

वीरगंज
प्रहरी तथा राजस्वको टोलीले वीरगजका व्यापारीहरुमाथी ज्यादती गरेको भन्दै सर्जिकल एसोशियनले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएका छ । सर्जिकल एवं रसायन व्यवसायी संघर्ष समिति पर्सा वीरगंजका संयोजक साकेत भागंर नेतृत्वको टोलीले आज पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको हो । पर्सामा रहेको सर्जिकल तथा रसायन व्यापारीहरुले रीतपूर्वक राजस्व तिरी समान आयात गरी पर्सा एवं अन्य जिल्लामा ढुवानी गरी पठाउँदा विभिन्न बहानामा राजस्व अनुसन्धान कार्यालय पथलैया एवं पर्सा–बाराको प्रहरी प्रशासनले चेकजाँचको नाममा दुख दिएको भन्दै वीरगंजका सर्जिकल व्यवसायीहरुले विरोध जनाएका छन् । यदि प्रहरी प्रशासन एवं राजस्वको व्यवहारमा परिवर्तन नआए अगामि ५ दिन भित्रै सर्जिकल व्यवसायीले जिल्ला प्रशासन कार्यालय पर्साका अधिकारीहरुलाई व्यापारिक फर्म तथा पसलको साँचो बुझाउने अल्टिमेटमसहितको चेतावनी समेत दिएका छन् । बिना कारण समानहरु पक्राउ गरि समस्या उत्पन गरिरहेकोले यसले सम्पूर्ण सर्जिकल व्यवसायी मर्कामा परेको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । प्रचलित कानुन बमोजिम समान आयात गरी व्यापार गर्दा समेत व्यवसायीले दुख भोग्नु परेकोले यस्तो समस्या तत्काल रोक्न सम्बन्धित निकायसंग व्यवसायीहरुले माग गरेका छन् । ज्ञपनपत्र बुझ्दै सप्रजिअ पौडेलले व्यवसायीको समस्या समाधानको लागि माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज,३० जेष्ठ । विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियशन वीरगंज, पर्साको...
- Advertisement -spot_img

सम्बन्धित खबर