search

spot_img
spot_img

दशकपछि घर फर्केका भोलाको परिवारमा खुशीयाली

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजका एक व्यक्ति  दशकपछि आफनो घर फर्केका छन् । दुइ दशकदेखि हराइरहेका वीरगंज–२ छपकैयाका भोला महतो पासी आज विहान ९ बजे घर फर्केका हुन् । भारतको कोलकात्तामा एक जनाको घरमा चौपायको स्याहार गर्दै आएका भोला हावडा एक्सप्रेसको रेलबाट कोलकात्ताबाट रक्सौल हुदैं वीरगंज छपकैया आएका हुन् ।
पहिले उनको मानसिक अवस्था ठिक नहुदाँ घर फर्केका थिएनन् । तर केही महिना यत्ता उनको मानसिक अवस्थामा सुधार आएपछि उनी वीरगंज आएको बताए । दुई दशकअघि उनकी श्रीमति सीमा पासी ५ वर्षिय छोरा र ३ वर्षिय छोरीलाई लिएर पोइला गएकी थिइन् । सोही टोलका समसाद अलिसंग पोइला गएकी सीमालाई अहिले समसादले पनि छाडेका छन् ।
शुरुमा सीमा र समसाद भारतको दिल्लीमा भागेका थिए । त्यहाँ घरको छतबाट खसेर छोरोको मृत्यु भएको सीमा बताउँदै आएकी छन् । उनी हाल १८ वर्षिय छोरीसंग वीरगंजमै बस्दै आएकी छन् । आफनो श्रीमतिलाई खोज्दै भारत गएका भोला,पछि मानसिक अवस्था गुमेपछि हराएका थिए । श्रीमतिले २०७८ सालमा श्रीमान भोलाकोे वडा नं २ बाट मृत्य दर्ता प्रमाणपत्र बनाई अंशमा उनको एक कठा जग्गा पनि हत्याएको परिवारजनले आरोप लगएका छन् । भोलाका आमाले जिउँदो मानिसको मृत्यु दर्ता प्रमाण पत्र बनाई छोराको सम्पति हिनामिना गरेका सबैलाई छानबिनको दायरामा ल्याई आवश्यक कारवाही गर्न प्रहरी प्रशासनसंग अपिल गरेकी छन् ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads