search

एकाबिहानै विद्यालयमा युवकको शव भेटियो

पढ्न छुटाउनुभयो ?

सर्लाही, २१ साउन । सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।
मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो ।
शनिवार विद्यालय बन्द भएको र आइतवार बिहान स्कुल पुगेका स्थानीयले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । सो घटना पछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारूले बताए ।
उनका अनुसार मृतकको शवमा कुनै प्रकारको चोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुन सक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भइरहेको उनले बताए ।
Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads