search

पर्सा क्रिकेट संघको सातौ साधारणसभा तथा जिल्ला अधिवेशन कार्यक्रममा प्रतिवेदन पेश

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ साउन/ पर्सा क्रिकेट संघद्वारा सातौ साधारणसभा तथा जिल्ला अधिवेशन कार्यक्रमको आयोजना आज वीरगंजस्थित होटेल भिस्वामा सम्पन्न गरेको छ । प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले कार्यक्रमको उदघाटन गर्दै संघलाई सहयोग गर्न तयार रहेको बताए । क्रिकेटको लागि आवस्यक पर्ने कुराहरू लिखित रूपमा दिन भन्दै उनले क्रिकेटको लोकप्रियता बढेको कारण वीरगंजको नाम पनि क्रीकेट जगतमा नाम होस भन्ने चाहाना रहेको बताए । आगामी नेतृत्वलाई बधाइ तथा सफल कार्यकाल शुभकामना दिए ।
छैठौ सभामा पेस गरिएको प्रतिबेदनमा पर्सा जिल्ला क्रीकेट संघ २ वर्ष जति कोभिड कारण थलिएको तथा कुनै किसिमको क्रिकेट आयोजना नगरिएको तथा त्यस पश्चात क्रीकेट एसोसिएसन अफ नेपाल द्वारा संचालित सम्पूर्ण कार्यक्रम सफलतापुर्वक सम्पन्न गराएको जनाएको छ ।
पर्सा क्रिकेट संघको पहलमा विभिन्न निजि क्लब तथा संघसंस्थाद्वारा संचालित क्रीकेट खेल प्रतियोगिताहरू संघको निगरानी तथा विशेष सहयोगमा निशुल्क रूपमा ग्राउन्ड उपलब्ध गराइएको प्रतिबेदनमा भनिएको छ । शहरी भेगमा मात्र सिमित रहेको क्रीकेटलाई ग्रामीण भागमा पुर्याउन समेत सहयोग गरिएको छ ।
त्यस्तै पर्सा क्रीकेट संघले खेलाडीहरूलाई इम्पायरर तथा प्रशिक्षण जस्ता तालिमहरूमा भाग लिन विभिन्न कार्यक्रम संचालन गरिएको जनाएको छ। नारायणी रंगशाला परिसरमा रहेको वीरगंज क्रीकेट ग्राउन्डको लागि प्रदेश सरकारले उपलब्ध गराएको बजेटले खेलमैदानको स्तरोन्नति, पवेलियन र ड्रेसिङ रूम तथा शौचालय बनाइएको छ । खेलमैदानमा देखिएको जग्गा सम्बन्धी विवाद समाधान गर्न पहल गर्ने जनाएको छ ।
आज भएको सातौ साधारणसभा तथा जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रूपमा वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लाइ मायाको चिनो दिएर सम्मान गरेका थिए । विशेष अतिथी को रूप मा माधव कर्मचार्य रहेका थिए । सो कार्यक्रम पर्सा क्रीकेट संघ का अध्यक्ष दाउद अंसारी को अध्यक्षता मा सम्पन्न भएको छ । सो कार्यक्रम मा नेपाली कांग्रेस का युवा नेता धर्मराज यादव, उप मेयर का स्वकीय सचिव शेष हजरा, पत्रकार राहुल गुप्ता को उपस्थिति रहेको थियो िसो कार्यक्रम को सहजीकरण घनश्याम गुप्ता ले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads