search

छानाको पानी सडकमा खसाउनेमाथि कारबाइ हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३१ साउन । वीरगंज महानगरपालिकाले छानाको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाई गर्ने चेतावनी दिएको छ ।
बुधवार महानगरपालिका कार्यालयले सार्वजनिक सूचना प्रकाशीत गरेर महानगर क्षेत्र भित्र बनेका घरहरूका छत/छानाबाट वर्षात लगायत अन्य प्रयोग भएको पानी सोझै सडकमा खसाउने घरधनीलाई प्रचलित कानुन अनुसार कारबाई गर्ने चेतावनी दिएको हो ।
घरको छत वा छानाबाट वर्षात वा अन्य प्रयोग भएको पानी सिधै सडकमा खसाउँदा सडकको संरचनामा क्षती पुगेको र सडक खाल्डो हुनुका साथै आवत जावत गर्ने यात्रीको शरीरमा समेत पानी पर्ने गरेको पाईएकोले त्यस्ता किसिमका कार्यहरू अविलम्ब बन्द गरी ब्यवस्थित तवरले छतको पानी नालामा खसाउन सूचना मार्पmत महानगरपालिकाले सबैमा अनुरोधपनि गरेको छ ।
यदि महानगरपालिकाको अनुरोधलाई अवहेलना गरी त्यस्ता किसिमको काम गरेको पाईएमा महानगरपालिका कारबाई गर्न वाध्य हुनेपनि उक्त सूचनामा उल्लेख छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads