search

spot_img
spot_img

प्रतीक दैनिकको वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरु सम्मानित, स्व. सुबोध सिंह स्मृति पुरस्कारबाट झा सम्मानित

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ भदौ ।
प्रतीक दैनिक ३६ औं वर्ष पूरा गरी ३७औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ भने स्व सुबोध सिंह स्मृति पुरस्कारबाट पत्रकार चन्द्रकिशोर झा सम्मानित भएका छन् ।
५१ हजार नगद राशीसहित पत्रकार झा सम्मानित भएका थिए । उनलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, प्रतीक दैनिका प्रधान सम्पादक जगदीश शर्मा र सम्पादक शत्रुघ्न नेपालले नगद, प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरे ।
प्रतीक दैनिकले फोटो पत्रकारहरू मध्येबाट छनौट गरी शुरूमा ५ हजार राशीबाट शुरू गरेको यो पुरस्कारको राशी विस्तार बढ्दै अहिले ५१ ह्जार पुगेको हो । राशी बढेझै पुरस्कार तर्पm फोटो विधाबाट विस्तारै लेखन विधा तर्पm पनि विस्तार गरिएको प्रतीक दैनिकका प्रधान सम्पादक शर्माले बताए ।
प्रतीक दैनिकको बार्षिकोत्सवको अवसरमा स्तम्भकार वैद्यनाथ ठाकुर, संवाददाता जीतलाल श्रेष्ठ र उत्कृष्ट कर्मचारी मुकेश बस्नेतलाई पनि नगद सहित सम्मानित गरिएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि प्रसाद गौतम, नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जारा, महासंघका पर्सा शाखा अध्यक्ष अनुप तिवारी र पुरस्कृत हुनेहरू मध्येबाट पत्रकार झाले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads