search

spot_img
spot_img

पूर्व मन्त्री सोनलद्वारा योग भवन उद्घाटन

पढ्न छुटाउनुभयो ?

प्रसौनी,बारा
बाराको प्रसौनीमा निर्मित योग भवनको पूर्व मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका छन् । प्रसौनी गाउँपालिका वडा नम्बर ३ मा निर्मित पतञ्जलि योग भवनको शनिवार एक कार्यक्रमका वीच मधेशप्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सोनलले उद्घाटन गरेका हुन् । बारा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सोनलको संसदीय विकास कोषको ३० लाख रुपैयाँको लागतमा निर्मित भवनको उद्घाटन गर्दै उनले वैदिक दर्शनको आधारमा योग सञ्चालन गरी सभ्य, सु–संस्कृति समाजको निर्माण गर्नु आजको आवश्यकता रहेको बताए । योगले मानवलाई मानसिक र शारीरिक रूपमा मात्र नभई आध्यात्मिक रूपमा समेत स्वस्थ राख्नुका साथै सकारात्मक चिन्तनको विकास गर्ने उनको भनाई थियो । भवन निर्माणले नियमित योग गर्नेहरूलाई सहजता हुने विश्वास व्यक्त गर्दै उनले भविष्यमा भवनमा थप सुविधाहरू बढाउने तर्फ पहल गर्ने प्रतिबद्धता गरे । पतञ्जलि योग समितिका अध्यक्ष वीरेन्द्र साहको सभापतित्वमा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, अधिवक्ता रामचन्द्र सिंह, प्रसौनी गाउँपालिकाका प्रमुख विनोद पटेल, पूर्व प्रमुख भोला गुप्ता पतञ्जलि योग समितिका पदाधिकारीलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर