search

आन्तरिक राजस्व सिमराद्वारा साढे १४ अर्ब राजस्व सङ्कलन

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ भदौ । आन्तरिक राजस्व कार्यालय, सिमराले गत आव २०७९/८० को १२ महीनामा १४ अर्ब ५७ करोड ३८ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो कार्यालयले पाएको कुल लक्ष्यको ८४.१७ प्रतिशत हो ।

सो अवधिमा कार्यालयले १७ अर्ब ३१ करोड ५५ लाख ६७ हजार राजस्व सङ्कलन गर्नुपर्ने लक्ष्य पाएको थियो । बजारमा आर्थिक मन्दी, बैंक ऋण प्रवाह नहुनु, आयातमा प्रतिबन्ध लगाइनु र उद्योग व्यवसाय प्रभावित भएको अवस्था भएकोले लक्ष्यको झन्डै १६ प्रतिशत कम राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

सूचना अधिकारी मनीष मानन्धरका अनुसार गत आवमा आयकर ९४ करोड ७७ लाख ६१ हजार लक्ष्य पाएकोमा ६८.४१ प्रतिशत अर्थात् ६४ करोड ८४ लाख ५ हजार, घरबहालकरतर्पm २ करोड ७० लाख ५१ हजार लक्ष्य पाएकोमा ५०.११ प्रतिशत अर्थात् एक करोड ३५ लाख ५६ हजार, ब्याजकरतर्फ २ करोड ८२ लाख ११ हजार लक्ष्य पाएको ८९.३१ प्रतिशत र्थात् दुई करोड ५१ लाख ९५ हजार, मूअकरतर्फ ९५ करोड ६३ लाख ९२ हजार लक्ष्य पाएकोमा ७५.१९ प्रतिशत अर्थात् ७१ करोड ९१ लाख २१ हजार अन्तःशुल्कतर्फ ११ अर्ब ७८ करोड ९४ लाख ६६ हजार लक्ष्य पाएकोमा ८३.८३ प्रतिशत अर्थात् नौं अर्ब ८८ करोड २५ लाख ५६ हजार र स्वास्थ्य सेवा करतर्फ तीन अर्ब ५६ करोड ६६ लाख ६४ हजार लक्ष्य पाएकोमा ९२.१० प्रतिशत अर्थात् तीन अर्ब २८ करोड ४९ लाख ७४ हजार गरी कुल १४ अर्ब ५७ करोड ३८ लाख १८ हजार राजस्व सङ्कलन भएको उनले जानकारी गराए ।

कार्यालयले कुल लक्ष्यको करीब ८० प्रतिशत राजस्व नेपालकै अग्रणी राजस्व बुझाउने उद्योग सूर्य नेपालबाट असुल गरेको जनाएको छ । कार्यालयका अनुसार अघिल्लो आव २०७८/७९ मा १२ अर्ब ९९ करोड २८ लाख ८९ हजार लक्ष्य पाएकोमा ९९.४८ प्रतिशत अर्थात् १२ अर्ब ९२ करोड ४८ लाख ५० हजार राजस्व सङ्कलन गरेको थियो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads