search

spot_img
spot_img

पर्सागढी–६ का वडासचिव एक महीनादेखि अनुपस्थित

पढ्न छुटाउनुभयो ?

वीरगंज ६ भदौ ।  पर्सा जिल्लाको पर्सागढी नगरपालिका–६ चैनपुरस्थित वडा कार्यालयको सेवा प्रभावित भएको छ ।

एक महीनादेखि वडासचिव बहाल नहुँदा सो वडाको कामकारबाई प्रभावित भएको वडावासीहरूले बताएका छन् । असार मसान्त सकिएको र चालू आवको साउन–भदौमा सामाजिक सुरक्ष्Fा भत्ताको लागि नवीकरण गर्नुपर्ने मुख्य कामसँगै जन्मदर्ता, मृत्युदर्ता, विवाहदर्ता, नागरिकता, घरबाटो, चौहद्दीलगायतका सिफारिशका काम अवरुद्ध भएकामा स्थानीयवासी आक्रोशित छन् ।

पूर्ववडाध्यक्ष किशोरीप्रसाद यादवका अनुसार वडाध्यक्ष र वडासचिवबीच विवाद हुँदा वडासचिव काम गर्न नआउँदा जनता मर्कामा परेको उनले आरोप लगाए । जनतालाई काम चाहिन्छ, मुखिया, पालिका र वडासचिव मिलेर जनताको काम गर्नुपर्छ, नत्र कुर्सीमा बस्नुको औचित्य हुँदैन, उनले भने ।

यस विषयमा वर्तमान वडाध्यक्ष नवलकिशोरप्रसाद कलवारले आफू व्यक्तिगत कामले काठमाडौं आएको र सचिवको जिम्मेवारीमा कोही नआएकाले वडा कार्यालयको काम प्रभावित भएको स्वीकारे । उनले चालू आवमा पालिकाले नगरसभाबाट तोकेका करलाई मान्यता नदिने बताए । चालू आवमा पालिकाले विभिन्न कागजात र प्रमाणपत्रको सिफारिशबापत चर्को करको दर लगाएकाले आफूले विरोध गरिरहेको बताए ।

नगरप्रमुखलगायत केही जनप्रतिनिधिहरूले छलफल नगरी कर बढाएकाले आप्mनो वडामा जनतालाई कर नतिर्न भनेको उनले बताए । त्यसै कारण त्यहाँ काम गर्न आउने सचिवले पालिकाको नीति नियम अनुसार कर लिएर मात्र सिफारिश दिने अडान राख्दा वडाध्यक्ष र सचिवबीच खटपट भई वडासचिव अनुपस्थित हुने गरेका छन् । वडाध्यक्षले वडासचिवलाई निश्शुल्क कागजपत्र सिफारिश गर्न निर्देशन दिंदासमेत वडासचिवले नटेर्दा साउन ३ गते वडासचिव मोहन गौरो र सहायक सचिव चन्दा पासवानलाई वडाबाट नगरपालिकामा पठाएको र अर्को सचिव माग गरेकोमा हालसम्म नपाले वडासचिव र सहायक सचिव नपठाएकोले वडाको काम प्रभावित भएको उनले जानकारी गराए ।

वडावासीले कम शुल्कमा प्रभावकारी सेवा दिन भनी आफूलाई जिताएर पठाएको तर आफूले कागजपत्र सिफारिशको नाममा चर्को शुल्क असुल्दा वडावासीसँग न्याय नहुने भएकोले कुनै पनि प्रकारका कर नतिर्न निर्देशन दिएको बताए ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads