पतिको खोजीमा काठमाडौंकी यमुना वीरगंजमा भौतारिदैँ

वीरगंज काठमाडौं चावहिलकी यमुना बस्नेत अहिले एक महिनादेखि वीरगंज आसपासमा भौतारिदै छिन् । आफना श्रीमानलाई खोज्न उनी विहान ६ बजेदेखि अबेर राति सम्म उनी पर्सा–बाराको विभिन्न ठाउँमा पुग्ने गरेको बताइन् । वीरगंजको सीमावर्ती शहर रक्सौल आसपासमा पनि उनले आफनो श्रीमानलाई खोजेको बताइन् । ‘ म पागल भएर दिनरात खोजिरहेको छु,खाना पनि रुच्दैन,आँखाबाट आशु सुक्दैन तर […]
नौ दिनदेखि शोभा र आशा गायब

वीरगंज पर्साकी दुई युवती विगत एक सातादेखि वेपत्ता भएका छन् । नातामा दिदि–बहिनी पर्ने आशा चौधरी(२२) र शोभा चौधरी (२१) परिवारजनसंग गत भदौ १ गतेदेखि सम्पर्कविहिन भएका हुन् । जिराभवानी गापा–२ की आशा र सोही पालिका वडा नं ३ काठमाडौं टोलकी शोभा विहान ६ बजेदेखि डेरीमा जाँदैछु भनी वेपत्ता भएका छन् । आशाभन्दा एक वर्ष […]
निचुटाको मोटरसाइकल दुर्घटनामा पीडित परिवारजनको अशंका

पर्सा पर्साको पटेर्वासुगौली गापा– ५ निचुटामा गत साउन ३२ गते विहान ६ बजे भएको सवारी दुर्घटनाको घटनामा पीडित परिवारजनको अशंका पैदा भएको छ । सो घटनामा परी मृत्यु भएका वीरगंज महानगरपालिका–१ छपकैया सिसौबारीका २१ वर्षिय राहुल सिंह राजपुतको परिवारजनले कालगतिको दुर्घटना नभई हत्या भएको हुन सक्ने अशंका भएको जनाएका छन् । मृतक राहुलका बुवा जयनाथ […]
करेन्ट लागेर बालिकाको मृत्यु

वीरगंज, ९ भदौ । करेन्ट लागेर पकाहामैनपुर गाउँपालिका–१ धोरेमा शनिवार बिहान एकजनाको बालिकाको मृत्यु भएको छ । इसाम मियाँँको ६ वर्षीय छोरी साहुल मियाँँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । […]
क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढयो– मन्त्री यादव

बारा, ९ भदौ । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ । मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताउनुभयो । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी […]