search

spot_img
spot_img

नौ दिनदेखि शोभा र आशा गायब

पढ्न छुटाउनुभयो ?

वीरगंज
पर्साकी दुई युवती विगत एक सातादेखि वेपत्ता भएका छन् । नातामा दिदि–बहिनी पर्ने आशा चौधरी(२२) र शोभा चौधरी (२१) परिवारजनसंग गत भदौ १ गतेदेखि सम्पर्कविहिन भएका हुन् । जिराभवानी गापा–२ की आशा र सोही पालिका वडा नं ३ काठमाडौं टोलकी शोभा विहान ६ बजेदेखि डेरीमा जाँदैछु भनी वेपत्ता भएका छन् । आशाभन्दा एक वर्ष कान्छी शोभाकी फुपुको छोरी हुन आशा । दुबै जना वीरगंज–११ श्रीपुर मै शोभाकी आमा आशा थरुनीको डेरामा बस्दै आएका थिए । शोभाका अन्य भाइबहिनीलाई वीरगंजमा पढाउन उनीहरु श्रीपुरमा डेरमा बस्दै आएका थिए ।
विगत तीनवर्षदेखि संगै बस्दै आएकी आशा कक्षा ११ पास छिन् भने शोभा माध्यमिक परिक्षा पास छिन् ।
दुबैले पर्सा जिल्ला अदालत अगाडि एउटा डेरीमा काम गर्थे । आशाको विवाहको कुरा केही महिनादेखि घरपरिवारमा चल्दै थियो । दुबै वेपत्ता भएपछि उनीहरु अरु केटासंग प्रेमप्रसंगमा परेर भागेका हुन की समलिङगी सम्बन्धको कारण आफै भागेका हुन्, परिवारजनमा अशंका पैदा भएको छ । आशाको आमा तुरा देव्ी थरुनीले आशाको लागि केटा हेरिसकेकोले छोरीलाई बोलाउन केही दिनअघि वीरगंज आएकी थिइन् । तर आशाले केटा बुढो छ भनी विवाह गर्न इन्कार गरिन् । आमासंग विवाहको विषयमा सामान्य झगडा पनि परेको आशाकी आमा तुरादेवी थरुनी बताउँछिन् । आशा र शोभाले संगसंगै जीवने बाच्ने सलाह गरेको कुरा आफुले घरपरिवारमा सुनेको तर त्यति बेला मजाक लागेको चर्चा गर्दै वेपत्ता भएपछि आफुहरु धेरै दुखित भएको उनले बताइन् । ‘उनीहरु संमलिङ्गी हुन वा होइनन्,त्यो त यकिन साथ भन्ने अवस्था छैन,तर दुबैको वीचमा निके प्रगाढ सम्बन्ध थियो,’उनले भनिन्,‘यदि समलिङगी नै हुन भनी बुवाआमालाइृ भन्दा फरक पर्दैन,हामी स्वतन्त्रतापुर्वक बस्न दिन्छौ ।’
कसैले भगाएको वा आफै भागेको कुरा छानविन गरी पत्ता लगाउन प्रहरीसंग अपिल गरेकी छन् । शोभाकी आमा आशा देवी थरुनीले भनिन्,‘छोरीहरु कुन हालमा छन् केही खबर छैन,जहाँ भए पनि घर आउन आग्रह गरिन् ,डेरीमा काम गर्ने केटाहरु पनि यो घटनामा संलग्न हुन सक्छन् प्रहरीले छानविन गरी दुबैको खोजी कार्यमा सहयोग गर्न आग्रह गर्छु ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज,३० जेष्ठ । विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियशन वीरगंज, पर्साको...
- Advertisement -spot_img

सम्बन्धित खबर