search

गृहमन्त्रीलाई विरोध गर्ने ५ जना पक्राउ

पढ्न छुटाउनुभयो ?

आरके पटेल वीरगंज गोरु काटनेलाई सरकारले कारवाही नगरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ वीरगंज आएको बेला आज विहान साढे ९ बजे जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि सांकेतिक विरोध गर्दा वीरगंजका ५ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगंज-१ छपकैयाका २५ वर्षिय विशाल कुमार,वीरगंज-१० रानीघाटका ३७ वर्षका मुन्ना कुमार साह,वीरगंज-५ का ३० वर्षका प्रज्वल डंगोल,वीरगंज गहवाका २५ वर्षिय राज गुप्ता,वीरगंज-१६ नगवाका २७ वर्षिय दिपेन्द्र कुमार रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । हिन्दुवादी संगठनसंग आबद्ध ती युवकहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक गिरीले बताए ।उनले किन विरोध गरेको विषयमा सोधपुछ गर्ने काम भइरहेको जनाइएको छ ।
Facebook Comments Box

ताजा खबर

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, २ मङ्सिरः सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा किनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न...

सम्बन्धित खबर

- Advertisement -neelambads