search

खाना पकाउने ग्यासको मूल्यमा रु २३५, पेट्रोलमा रु ४ र डिजेलमा रु ३ बढयो

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन आयल कर्पाेरेशनबाट बिहीवार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।
निगममले आजै रातिदेखि लागू हुनेगरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपियाँँ डिजेल– मट्टितेलको प्रतिलिटर ३ रुपियाँँले मूल्य वृद्धि गरेको हो ।
यस्तै, खानामा पकाउने एलपि ग्याँसमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २३५ रुपियाँँले वृद्धि गरेको जनाएको छ ।
इण्डियन आयल कर्पाेरेशनले पेट्रोल र डिजेलमा क्रमशः ३ रुपियाँँ १७ पैसा र २ रुपियाँँ ४८ पैसाले बढेर आएको थियो।
यस्तै, खाना पकाउने ग्याँसको मूल्यमा पनि प्रतिसिलिण्डर १८६ रुपियाँँ ४५ पैसाले वृद्धि भई आएको थियो ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दर सहित समायोजन गरि कायम गरिएको जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads