search

spot_img
spot_img

औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन वीरगंजमा, उपराष्ट्रपतिले उद्घाटन गर्ने

पढ्न छुटाउनुभयो ?

वीरगंज औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन वीरगंजमा हुन लागेको छ । संघले आज साझ वीरगंजको नगरसभामा पत्रकार सम्मेलन गरि शुक्रवारका दिन बिहान साढे १० बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १४ औं राष्ट्रिय अधिवेशन सँगै स्वर्ण जयन्ती महोत्सव पनि भएकोले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव, संघीय सांसद,प्रदेश सांसद तथा संघका पदाधिकारीहरु सहभागीतामा भव्यताका साथ अधिवेशन आयोजना गरिएको बताए । नेपालमा आयात, थोक, खुद्रा वर्गका गरि ३२ हजार व्यवसायी आबद्ध रहेको संघको ३ वर्षको लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यक्रम छ ।
संघकै प्रतिनिधि कुल २१० जना मध्ये हरेक प्रदेशका तीन–तीन जना पर्यवेक्षक पनि तोकी सकेको जानकारी गराउँदै संघ स्थापना भइसकेपछि नेपालमा बिक्री वितरण हुने औषधीको मूल्यमा एकरुपता आएको र आगामी दिनमा हक अधिकारको लागि संघले आवाज उठाउँदै जाने संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए । संघसँग आबद्ध व्यवसायीहरुले भारतबाट ५२ प्रतिशत र नेपालका स्वदेशी उद्योगबाट ४८ प्रतिशत औषधी खरीद गरेर नेपाल भरिमा वर्षेनी बिक्री वितरण गर्ने गरेका छन् । नेपालमा वर्षको ६५ अर्बको औषधि वितरण हुने गरेको छ ।
नेपाल सरकारसँग पसलमा व्यवसायी सहायक नियुक्ति गर्ने प्रावधान लागू गर्न पाउने व्यवस्था ल्याउनु पर्ने, एक–एकवर्षमा नवीनीकरण गर्ने व्यवस्थालाई परिमार्जन गरि अन्य कम्पनी जस्तै पाँच वर्षमा नवीनीकरण गर्नु पर्ने व्यवस्था ल्याउनु पर्र्ने, नवीनीकरण नगर्दा १ हजार प्रतिशत जरिवाना तिर्नू पर्ने प्रावधानलाई संशोधन गर्नु पर्ने, गैरकानुनी औषधि पसलहरुलाई बन्द गर्नु पर्नेलगायत माग गरेका छन् ।
साथै सरकारले लागू गरेको नयाँ लेबलिङ्को प्रावधानले आफूहरु समस्यामा परेको चर्चा गर्दै कडाईका साथमा लागू भयो भने नेपाली बजारमा औषधिको चरम अभाव सिर्जना हुने चेतावनी दिए । हरेक औषधिमा उत्पादकको नाम, आयातकर्ताको नाम, एग्जीम कोड, सम्पर्क नम्बरलगायत उल्लेख गरि लेबल लगाउन कठिन र चुनौतिपूर्ण काम भएकोले यसमा सरकारले संशोधन गर्नु पर्ने व्यवसायी संघको माग छ । संघको बन्द सत्रमा शुरुमा सहमतिबाट नेतृत्व चयन गर्नु पर्ने प्रयास गरिने र सो सम्भव नभए चुनावमार्फत नेतृत्व चयन गर्ने तयारी रहेको संघले जनाएको छ । संघका अध्यक्षका लागि संघका उपाध्यक्ष एवं वीरगंजका व्यवसायी प्रकाश खण्डेलवाल र संघका लुम्बनी प्रदेश अध्यक्ष लोकहरी श्रेष्ठले आफना दावेदारीका लागि लबिङ शुरु गरेका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads