नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने, अन्तिम संस्कारको दिन देशभर शोक बिदा

काठमाडौं, मंगलबार, भदौ २६ सरकारले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद्‌ बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर शोक बिदा दिने निर्णय समेत गरेको छ। नेम्वाङको निधनपछि मंगलबार बिहान मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बसेको थियो।
संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको मंगलबार बिहान १:३० बजे निधन भएको हो। हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।
नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि नेम्वाङको पार्थीव शरीर नेकपा एमालेको पार्टी मुख्यालय ललितपुरको च्यासलमा राखिने छ।
सम्बन्धित पोस्टहरुः