search

spot_img
spot_img

नेपाल सरकारले इन्डस्ट्रियल सिलिन्डरलाई अनुमति नदिंदा व्यवसायी मर्कामा

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २९ भदौ । औद्योगिक मेशीन सञ्चालनको लागि चाहिने इन्डस्ट्रियल सिलिन्डरको प्रयोग नेपालमा हुने गरे तापनि नेपाल सरकारले सो सिलिन्डरको अनुमति दिएको छैन ।
निजी क्षेत्रलाई इन्डस्ट्रियल सिलिन्डरको प्रयोग र कारोबार गर्न नेपाल नापतौल तथा गुणस्तर विभागले २०७५/०४/३१ मा आयातको अनुमति दिए तापनि त्यसको प्रयोग नेपालको औद्योगिक क्षेत्रमा गर्न नेपाल आयल निगमले आधिकारिक अनुमति नदिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी सङ्घका अध्यक्ष्F मनोज दासले बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिवसमेत रहेका दासका अनुसार पछिल्लो पाँच वर्षमा आफूहरूले केन्द्र सरकार मातहतका विभिन्न निकायलाई दबाब दिंदा पनि नेपाल सरकार र त्यस अन्तर्गतको नेपाल आयल निगमले औद्योगिक सिलिन्डरको प्रयोगलाई अनुमति दिन आलटाल गर्दै आएको आरोप लगाए ।
उनका अनुसार सरकारले अनुमति नदिए पनि नेपाल ग्याँस, कोशी ग्याँस, मनोज ग्याँसलगायत उद्योगले औद्योगिक एलपिजी सिलिन्डरको कारोबार गरि रहेको छ ।
सरकारले अनुमति दिइरहेको छैन । तर प्रयोगमा प्रतिबन्ध लगाए वीरगंजको परवानीपुरमा रहेका बहुराष्ट्रिय उद्योग ब्रिटानिया, पार्ले उद्योगहरू बन्द हुने अवस्थामा पुग्न सक्ने भएकाले नेपाल सरकारले पूर्णरूपमा औद्योगिक सिलिन्डर प्रयोगमा प्रतिबन्ध लगाउन नसकेको हो । कुनै पनि उद्योगको मेशीन सञ्चालनको लागि बिजुली, पेट्रोल, डिजेल, एफओ र एलपी ग्याँस ऊर्जाको रूपमा आवश्यक पर्छ ।
सङ्घका अध्यक्ष्F दासका अनुसार एलपी ग्याँसको औद्योगिक सिलिन्डर प्रयोग गर्दा उद्योगमा प्रदूषण नहुने एवं डिजेल र बिजुलीबाट उत्पादन हुने शक्तिभन्दा एलपी ग्याँसबाट उद्योगको उत्पादनका लागि चाहिने शक्ति किफायती हुने भएकोले अधिकांश उद्योगीले एलपी ग्याँस सिलिन्डरको माग गरिरहेका छन् ।
अहिले वीरगंज कोरिडोरमा मात्रै आधा दर्जनभन्दा बढी उद्योगले एलपी ग्याँसका ४५० किलो क्षमताका औद्योगिक सिलिन्डरहरू प्रयोग गरिरहेका छन् ।
अहिले एलपी ग्याँसको १४.२ किलोको सिलिन्डर रु १८९५ पर्छ, जबसम्म खान पकाउने सो सिलिन्डरको भाउ २४ सयमाथि जाँदैन, तबसम्म नेपालमा सबैभन्दा कम खर्चिलो ऊर्जाको स्रोत भने औद्योगिक सिलिन्डर नै रहेको उनले बताए । औद्योगिक सिलिन्डर प्रयोग गर्दा ऊर्जाको खर्चमा १५ प्रतिशतसम्म बचत गर्न सकिने व्यवसायीहरूको भनाइ छ । डिजेलको तुलनामा १ः२० र एफको तुलनामा १ः४० को अनुपातमा प्रदूषण एलपी ग्याँसबाट हुन्छ ।
औद्योगिक सिलिन्डर प्रयोग गर्न दियो भने नेपाल आयल निगमलाई घाटा हुने भएकोले निजी क्षेत्रलाई यसको बिक्री वितरण र प्रयोगको लागि अनुमति नदिइएको हो ।
नेपाल आयल निगमले नेपालको जगदम्बा स्टील, आरती स्टीललगायतका उद्योगमा औद्यागिक सिलिन्डर बिक्री गर्दै आएको छ । निजी ग्याँस उद्योगभन्दा आयल निगमले १५ प्रतिशत बढी मूल्य लिएर औद्योगिक सिलिन्डर बेच्ने गरेको बताइएको छ ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads