search

spot_img
spot_img

संविधान दिवसमा शहीदको शालिकमा माल्यार्पण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ असोज । संविधान दिवसको दिन जनता समाजवादी पार्टीले मधेस आन्दोलनका सहीदका शालिकमा माल्यार्पण गरेको छ ।
बुधवार बिहान वीरगंजको घणटघरको मधेसी सहीद पार्क र तिलावे पुल छेउको मधेसी सहीद स्मारकमा रहेका सहीदका सालिकमा जसपाका नेता कार्यकर्ताले माल्यार्पण गरे ।
घणटघरमा आयोजित कार्यक्रममा बोल्दै जसवाका केन्द्रिय सदस्य फिरोज मन्सुरले उनले संविधानमा रहेका कैयन प्रावधान मधेस, मधेसी र शोषण उत्पिडनमा परेकाहरूको हितमा नरहेकाले संविधानको संशोधन आवश्यक रहेको बताए।
जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको उक कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, प्रदेश सदस्य माहाराज यादव, वीरेन्द्र प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद, जिल्ला उपसचिव सुनिल कुशवाहा, जिल्ला कार्यकारीणि समिति सदस्य श्यामबाबू चौरासीया, जिल्ला सदस्य मुमताज देवान,समाजवादी मुस्लिम संघका वरिष्ठ उपाध्यक्ष अब्दुल रौउफ अन्सारी, क्षेत्रीय अध्यक्षहरू कामेश्वर पन्डित, घनश्यामबाबू गुप्ता, उपाध्यक्ष तुफैल अख्तर,वीरगंज ८ का वडा अध्यक्ष रितेश गुप्ता लगायतकोपनि सहभागीता थियो ।
त्यसैगरी घण्टाघर चोकमै रहेको स्व बाबा रामजनम तिवारीको शालिकमा पनि जसपाका नेताकार्यकर्ताले माल्यार्पण गरेका थिए।
यस्तै संविधान दिवसकै दिन जसपाका नेता कार्यकर्ताले वीरगंजको तिलावे पुल नजिकै रहेको मधेसी सहीद स्मारकमा माल्यार्पण कार्यक्रम गरेका छन् ।
उक्त कार्यक्रममा जसपाका राजनीतिक समिति सदस्य सुरेन्द्र कुर्मि, जिल्ला सह इन्चार्ज दिपक यादव,जिल्ला सदस्य उपेन्द्र राय, क्षेत्र नम्बर २ का सचीव एंव युवा संघका पर्सा जिल्ला ईन्चार्ज अमित यादव, शिक्षक नेता भरत गिरी, वीरगंज १७ का पुर्व वडा अध्यक्ष विरेन्द्र यादव,वडा नम्बर १९ का दिनेश साह कलवार, किसुन देव यादव लगायतको सहभागीता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads