search

spot_img
spot_img

वीरगंज–रक्सौलको मितेरी पुलमा एसएसबीको चेकपोस्ट स्थापना गरी चेकिङ शुरु

पढ्न छुटाउनुभयो ?

वीरगंज नेपाल भारत सीमा क्षेत्रअन्तर्गत वीरगंज–रक्सौलको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) चेक पोस्ट स्थापना गरेको छ । नेपालको मुख्य प्रवेशद्वारका रूपमा समेत परिचित वीरगंज–रक्सौल नाकाको दशगजा क्षेत्रमा पर्ने मितेरी पुलमा एसएसबीले बुधवार बिहानदेखि चेक पोस्ट स्थापना गरेको हो । चेक पोस्टमा खटिएका एसएसबी जवानहरूले दुवै तर्फबाट आवतजावत गरिरहेका सवारीसाधनलाई चेकजाँच गरिरहेका छन् । यस नाकाबाट दिनहुँ हजारौको सङ्ख्यामा मान्छेहरू व्यावसायिक, धार्मिक र पारिवारिक कामले आवतजावत गर्छन् ।
एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले चेक पोस्ट स्थापना गर्न एसएसबीले अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको दाबी गरे । उनले चेक पोस्ट पनि भारतीय भूमिमै रहेको बताए । ‘चेक पोस्ट स्थापना गर्दा भारतले नेपालसँग भएका कुनै पनि सम्झौता अथवा सन्धिको उलङ्घन गरेको छैन,’ उनले भने, ‘दुवै देशको सुरक्षा, मानव तस्करी र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले चेक पोस्टको स्थापना भएको हो । यसको कुनै पनि राजनैतिक अथवा कूटनीतिक उद्देश्य छैन ।’ इन्स्पेक्टर शर्माले एसएसबीको केन्द्रीय सर्कुलर अनुसार यस नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनु पनि पोस्ट स्थापना गरिएको जानकारी दिए । यसअघि एसएसबीले रक्सौल कस्टमभन्दा दक्षिण र रक्सौलको रेल्वे ट्रयाकभन्दा उत्तरमा चेकपोस्ट स्थापना गरी चेकजाँच गर्दै आएको थियो । इन्सपेक्टर शर्माले पछिल्लो समय आईसिपी रक्सौल भएर भन्सारको गतिविधि बढेको र रक्सौल कस्टमको गतिविधि न्यून हुदै गएपछि पैदल र हलुवा सवारी साधनमा आवतजावत गर्नेलाई निगरानी गर्न यस्तो रणनीति अपनाइएको स्पष्ट पारे । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शिव प्रसाद लम्सालले मितेरी पुल नेपाल र भारत दुवै भएको बताउँदै स्थापित चेक पोस्ट भारतीय भूमि मै रहेको प्रस्ट पारे । उनले चाडपर्वलाई लक्षित गरेर एसएसबीले अस्थायी रूपमा चेक पोस्ट स्थापना गरेको बताए । सशस्त्र प्रहरी पर्साका प्रहरी उपरीक्षक कृष्ण कर्माचार्यले रक्सौल नाकाबाट आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउन पनि एसएसबीले पोस्ट स्थापना गरेको बताए ।अन्तराष्ट्रिय सीमाको गाइडलाइन अनुसार दशगजामा कुनै देशको सुरक्षा नियकाले कुनै पनि किसिमको चेक पोस्ट स्थापना गर्न नपाउने नियम छ ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

बस दुर्घटना हुँदा १० जना घाइते

रौतहट, ९ असारः पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस र्दुघटना हुँदा १० जना घाइते भएका छन् । आज...
- Advertisement -spot_img

सम्बन्धित खबर