search

spot_img
spot_img

७७ लाख मूल्य बराबरको विभिन्न सामानसहित चारवटा सवारीसाधन नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले बिल भर्पाई नभएको ७७ लाख २७ हजार मूल्य बराबरको विभिन्न सामग्री र पाँचवटा गाईसहित चारवटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
आज बिहान ४ः४० बजे बारा जितपुरसिमरा उ.म.न.पा. वडा न.२१ बाट इलाका प्रहरी कार्यालय अमलेखगंजले वीरगंजबाट काठमाण्डौ जाँदै गरेका तीनवटा ट्रकलाई चेकजाँच गर्दा बिल भरपाई नभएको विभिन्न सामानहरुसहित ट्रकलाई नियन्त्रणमा लिइ कारबाइ गरेको छ ।
ना.६.ख.००८० न.को ट्रकमा रहेको २३ लाख १ हजार ८२६ मूल्य बराबरको विभिन्न खुद्रा सामान, , ना.३.ख. ७३११ न.को ट्रकमा रहेको २३ लाख २७ हजार १६० मूल्य बराबरको विभिन्न सामान, र ना.३.ख.४५६० न.को ट्रकमा रहेको २५ लाख ९८ हजार ३४२ मूल्य बराबरको विभिन्न खुद्रा सामान, हेटौडा बाट महोत्तरी जादै गरेको बा.२१.च.८९९७ न.को पिकअप गाडीमा अनलाईन बिल नभएको पाँच लाख मूल्य बराबरको पाँचवटा गाई गरी ७७ लाख २७ हजार ३२८ मूल्य बराबरको सामान र गाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिप्रका बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads